उत्तमकुमार थापा/ मंसिर ०८, दार्चुला-बिरामी बोक्ने एम्बुलेन्स नेपाल कम्युनिस्ट पार्टी विप्लवको नियन्त्रणमा परेको छ ।दार्चुला जिल्लाको लेकम गाउँपालीकाले खरिद गरेको एम्बुलेन्समा स्थानीय बाट निकै गुनासो आउन थालेपछि नेपाल कम्युनिस्ट पार्टी विप्लवले राति चेकजाँच गरेको विप्लव दार्चुला नेता भरत मल्लले बताए ।
स्थानीय बाट गाउँपालीकाको एम्बुलेन्सले जाँड रक्सी लगाएत भाडा तिरेर यात्रु ओसारपसार गर्ने गरेको जनगुनासो आउन आएको भन्दै हिजो राति चेकजाँच गरिएको हो । चेक जाँचको क्रममा लेकम गाउँपालीकाको गाडी नेपाल दार्चुलाले छड्के चेक गर्दा बिवाहाको सामाग्री सहित लिएर जादै गरेको अवस्थामा फेलापारेको भन्दै आफ्नो नियन्त्रणमा लिएको नेता मल्ले बताए ।
नेता मल्लले भने,बिरामी बोक्ने एम्बुलेन्स कतै रक्सी बोक्न प्रयोग गरियो त कतै भाडामा यात्रु बोक्न प्रयोग गरिएको भन्दै नियन्त्रणमा लिएर कडा कार्वाही गरिने बताएका छन । अहिले सु प प्र ०२००१ च ८५० नम्बरको एम्बुलेन्स विप्लव दार्चुलाको नियन्त्रणमा रहेको स्रोतले बतायो । हिजो राति १० बजे मात्रै नियन्त्रणमा लिएको हो ।