मनोज कार्की / मंसिर १२ गुल्मी /छड्के न्युज डटकम –
नेपाली काङ्ग्रेस गुल्मीको ८ औं जिल्ला अधिबेशनमा नेतृत्व चयनको लागि भएको मतदानलाई स्थगित गरि पुन जिल्लामा मतदान गर्नुपर्ने जिल्ला सभापतिका उम्मेदवार बेद थापा मगरले बताए छन् ।आइतबार बिहान होटल एभरग्रीनमा पत्रकार सम्मेलन गर्दै नेतृत्व चयनका लागि सदरमुकाम तम्घास चिदिचौर मैदानमा भएको मतदानमा मतपत्रमा संकेत देखिएको र निर्वाचनको बिधि ,बिधान र कार्यविधि बिपरित मतदान भएकाले आफुहरुले शनिबार मतदान स्थगित गरिएको उम्मेदवार थापाले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै एक नेपाली काङ्ग्रेसका कृयाशिल नेताले भने ” गुल्मीमा भएको काङ्ग्रेसको मतदान २०६४ सालमा माओबादी पार्टीले देखाएको व्यबहार जस्तो भयो ” उनले थपे सभापतिका उम्मेदवार खिलध्वज पन्थीले आफ्नो फोटो सहित डायरी प्रतिनिधिलाई बाड्नु भएको छ भने जिल्ला कार्य समिति मार्फत सबै क्षेत्रीय प्रतिनिधिको हात हातमा प्यानल सहितको नाम उपलब्ध गराइएको आरोप लगाए ।
केन्द्रीय निर्वाचन आयोगले आइतबार बिहान ९ बजे देखि १ बजे सम्म मुसिकोट नगरपालिकाको निर्वाचन गर्न निर्देशन दिएको छ । मतदानको लागि चिदिचौरमा बिहानै देखि तयार गरिएको छ । तर यो मतदान आफुहरुलाई कुनै पनि हालतमा सैय्या नभएको र मतदान भएमा आफुरुले रोक्ने थापा पक्षले बताएका छन् ।
तर थापा लगायतको पक्षले पुन जिल्लाको मतदानको माग राख्दै आइतबार हुने मुसिकोट नगरपालिकाको मतदान कुनै पनि हालतमा हुन नदिने बताएका छन् तर क्षेत्रीय प्रतिनिधिले मुसिकोट नगरपालिकालाई स्वीकार गरेता पनि जिल्लाको पुन मतदानलाई अस्विकार गरेका छन् ।
आइतबार ९ बजे देखि मतदान हुने भनिएता पनि मतदान स्थल सुनसान छ । दुबै पक्ष बिपि स्मृति भवनमा छलफलमा जुटेका छन् ।