काठमाडौं , मंसिर १६-नेपाल पछिल्लो २४ घण्टामा देशभर ३ सय १५ जना कोभिड संक्रमित थपिएका छन् । ११ हजार ४ सय ३ वटा नमुनाको परीक्षण गर्दा ३ सय १५ जनामा संक्रमण पुष्टि भएको हो ।त्यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५ सय ३५ पुगेको छ ।
आज २ सय १ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।