माघ १,गुल्मी: गुल्मी दरबार गाउँपालिका-३, गैँडाकोट, म्यालपोखरीमा ग १ ज ५२८० नम्बरको अल्ट्रो कार दुर्घटना भएको छ। सडक चिप्लो भएका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।
हिजो पनि सोही ठाउँमा ग १ च ७५४७ नम्बरको बोलेरो जिप पनि दुर्घटना भएको थियो। दुवै दुर्घटनामा मानवीय क्षति नभएको रामकृष्ण कंडेलले जानकारी दिए ।