बासुदेब पोखरेल / पौष ०५, गुल्मी / छड्के न्युज डटकम :
गुल्मीको धुर्कोट गाउँपालिकामा फेरी भेटौला कार्यक्रम मार्फत प्रमुख प्रशासकिय अधिकृत काशिराम पन्थीलाई विदाइ तथा नव आगन्तुक कर्मचारीलाई स्वागत गरिएको छ ।
गाउँपालिकाको सभाहल बर्बोटमा एक कार्यक्रमको आयोजना गरी फेरी भेटौला कार्यक्रम मार्फत करिब ३ बर्ष सम्म धुर्कोट गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा कार्यरत काम गर्दै आउनु भएका काशिराम पन्थीलाई बिदाइ गरेको छ ।
पन्थीको रुपन्देही कन्चन गाउँपालिकामा सरुवा भएको छ ।
प्रशासकिय चौथो तहमा रोसन खनाल, पशु प्राविधिक चौथो तहमा अशोक खनाल र अ.हे.व गोविन्द खत्रिलाई स्वागत गरिएको हो ।
कार्यक्रममा विदाई मन्तव्य राख्दै गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत तथा कार्यक्रमका अतिथि कासिराम पन्थिले निजामति सेवामा रहेर काम गर्दै गर्दा अन्य स्थानमा जानुपरेता पनि अहिलेको कार्यक्षेत्र आफ्नो जन्मस्थल भएकोले विर्सन नसकिने भन्दै बसाइ व्यवस्थापनमा राम्रो व्यवस्था भएको र कार्यकक्षलाई आफुले दोस्रो घरको रुपमा लिएको बताउनुभएको थियो । साथै उहाँले कामको शिलशिलामा कहिकतै कार्यसम्पादनमा भए गरेका त्रुटिहरु माथि क्षमा माग्दै कार्य अवधिमा सम्पुर्ण कर्मचारी, जनप्रतिनिधि लगायत सबैबाट राम्रो सहयोग मिलेको र यो क्षण अत्यन्त अविस्मरणिय रहेको पनि बताउनु भएको थियो ।
त्यस्तै फेरी भेटौला कार्यक्रमका अध्यक्ष तथा गाउँपालिका प्रमुख भुपाल पोख्रेलले कार्य अवधिभर कुनै विवादमा नपरी र उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै आगामि दिनमा पनि गाउँपालिकाले स्थानिय नागरिकको रुपमा गाउँपालिका भित्र हुने विकास निमार्णका कार्यमा र प्रशासनिक कार्यमा सहयोगको अपेक्षा लिएको बताउनुभयो ।
गाउँपालिकाको प्रशासकिय जिम्मेवारिबाट हटेपनि आफुले गरेको कार्य, दिगोपन, सँरक्षण, सुझाव, सल्लाह र खबरदारीको आशा आगामि दिनमा पनि गरेको बताउदै जनप्रतिनिधि, कर्मचारी लगायतको तर्फबाट भएका गल्तीहरुलाई क्षमा दिदै आगामि कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । साथै उहाँले सरकारको उपल्लो तहमा बढुवा भई पुनः धुर्कोटमा आउन निमन्त्रणा समेत गर्नुभएको थियो । विदाई भई जाने पन्थिलाई टिका, माला, खादा, करुवा र मायाको चिनोले सम्मान गरिएको थियो ।
विदाइ कार्यक्रममा गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधि, लगायतको उपस्थित रहेको थियो । कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख खड्कबहादुर थापाले गर्नुभएको थियो । साथै सोहि अवसरमा निजामति कर्मचारी युनियन सँघ धुर्कोट गाउँपालिकाले पनि खाता र मायाको चिनो प्रदान गरी विदाई गरेको थियो ।