माघ १२, गुल्मी : नेपाल कृषी प्रदान देश भनिएता पनि कृषीमा होमिने युवाहरुको संख्या दैनिक घट्दो देखिन्छ । कृषीमा भबिष्य खोज्दै लगानी गरेपनी सोचे अनुरुपको उपलब्धि आर्जन गर्न नसकेपछि कृषीबाट नै हात झिक्नुपर्ने अबस्था छ । पछिल्लो समय रोजगारीको लागी युवाहरुको रोजाईमा खाडीमुलुक परेको छ । तर गुल्मीका एक युवाले बिदेशको सपना त्यागी आफ्नै देशको उर्भर भुमीमा मेहेनत र परिश्रमबाट सुन फलाउन सकिन्छ भन्ने अठोटका साथ सुरु गरेको कृषीबाट मनग्य आम्दानी गर्दै आएका छन् ।
गुल्मीको रेसुंगा नगरपालिका १० सिमिचौरका किसान बिनोद कुवंर । उमेरले ४३ वर्ष पुगेपनी कुवँर जोस जाँगर भने २० बर्ष युवाको भन्दा कमी छैन् । मेहेनत र परिश्रम गरे आफ्नै देशमा मनग्य आम्दानी गर्न सकिन्छ भन्ने अठोटका साथ बिनोद कुवँर बिगत २२ वर्ष देखी कृषी पेशामा रमाईरहेका छन्
कुवँरले ६ जनाको परिवार कृषीबाट नै चलाएका छन् । उनले दैनिक ५ स्थानियलाई समेत रोजगारी दिएका कुवँरको कृषी ब्याबसाय फस्ट्याउँदो छ।३५ रोपनी जग्गामा कुवंले विभिन्न प्रजातीका तरकारी, फुल खेती, माछा पालन,बाख्रा तथा टर्की पालेका छन् । सरकारले अनुदान दिने तर त्यसको नियामन नगरेको उनी बताउँछन् । रेसुङ्गा नगरपालिकाले कृषकलाई आबश्यक कृषी औजार बितरण र उत्पादन गरेको कृषी उपजलाई बजारीकरण गर्न नगरले हाट बजार र कृषी संकलन केन्द्र संचालन गरेको रेसुङ्गा नगरपालिका बताउँछन् ।
गुल्मीबाट मनोज कार्कीको सहयोगमा एपीवान टेलिभिजनले तयार पारेको भिडियो रिपोर्ट…..