माघ १२ गुल्मी: राष्ट्रिय जनगणना २०७८को प्राम्भिक नतिजा अनुसार गुल्मीको कुल जनसंख्या २ लाख ४६ हजार ८ सय ३६ पुगेको छ ।
१० वर्षयता गुल्मीमा बसोबास गर्ने जनसंख्या केही घटेको तथ्यांकमा उल्लेख छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार गुल्मीमा पुरुषको संख्या १ लाख १२ हजार ७ सय ८८ र महिलाको संख्या १ लाख ३४ हजार ४८ पुगेको छ ।
राष्ट्रिय जनगणना २०६८ अनुसार गुल्मीको कुल जनसंख्या २ लाख ८० हजार १ सय ६० रहेको थियो। गुल्मीको वार्षिक जनसंख्या वृद्धिदर –१.२२ रहेको छ भने २१५ जन घनत्व रहेको तथ्यांकमा उल्लेख छ । गुल्मीको कुल जनसंख्या १० बर्षमा ३३ हजार ३ सय २४ घटेको छ ।राष्ट्रिय जनगणना २०७८को प्राम्भिक नतिजा अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० रहेको छ । यस्तो छ राष्ट्रिय जनगणना २०७८ अनुसार गुल्मी जिल्लाको प्राम्भिक नतिजा