छड्के न्युज डटकम \ माघ १९ गुल्मी : गुल्मीको मदाने गाउँपालिका अबस्थित धार्मिक तथा प्राकृतिक सौन्र्दयता बोकेको कंके देउराली थुप्रै पर्यटकीय सम्भावना हुँदाहुँदै पनि प्रचार–प्रसार र उचित संरक्षणको अभावमा ओझेलमा परेको छ । प्राकृतिक,धार्मिक तथा पर्यटकिय रुपमा प्रख्यात नाम हो कंके देउराली ।मदाने गाउँपालिकाको वडा नं अबस्थित कंके देउराली ८ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
यसको अबलोकनको लागी गुल्मी लगायत आसपासका क्षेत्रबाट पर्यटकहरु आउने गर्दछन् । यस ठाउँमा आउने पर्यटकले मन्दिर नजिकै रहेको बोटमो उफारेर चढाएर घण्टीहरु बोटमै अडिन्छन् । यहाँ गाईको दूध धार दिने, तथा देउरालीको मन्दिरमा भाकल गरेमा मनोकाङ्क्षा पुरा हुने धार्मिक बिश्वास रहेको छ । ठाउँ राम्रो भएकाले कंके देउरालीमा खानेपानी तथा होटलको अभाबमा स्वर्ग जस्तो ठाउँ ओझेलमा रहेको स्थानिय बताउँछन् ।
यस क्षेत्रमा सेतो बरुवा, टिमुर, बोझो, निमपत्ता, आकाशवेली, सुगन्ध कोकील नामक जडीबुटीहरु पाइन्छ । वनस्पितिको रुपमा लालीगुराँस, सेतो गुराँस, रक्तचन्दन, कटुस, ६ प्रकारका धुपीसल्ला रहेका छन् । यसंको संरक्षणमा तीन तहकै सरकार जाग्नुपर्ने स्थानियको भनाई छ ।
कंके देउरालीमा आवाज जावात गर्ने सडक, मन्दिर र आर्कषक सिडी निर्माण लगायतका काम भएका छन् । यस क्षेत्रमा पुराना संस्कृति झल्काउने किसिमका संरचनाहरु निर्माण गर्न सके पर्यटकहरुलाई आर्कषण गर्न सकिने प्रदेश योजना आयोगका सदस्य डा।चन्द्र गौतमले बताए ।
हेर्नुहोस् गुल्मीबाट मनोज कार्कीको सहयोगमा एपीवान टेलिभिजनले तयार पारेको भिडियो रिपोर्ट ……