छड्के न्युज डटकम / माघ २० गुल्मी : गुल्मीमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको शाखा खुलेको छ । जिल्लाको सदरमुकाम तम्घासमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका खुलेको गुल्मी शाखाका प्रमुख रोशन सिंह ठकुरीले जानकारी दिए ।
प्रधान कार्यालय काठमाडौं ज्ञानेश्वरमा रहेको रिलायबलले देशभरका ८७ स्थानमा शाखा कार्यालय विस्तार गरिसकेको छ । शाखा विस्तारको क्रममा गुल्मीमा पनि रिलायबलको शाखा कार्यालय स्थापना भएको र त्यसको नेतृत्व आफुले गरेको गुल्मी शाखाका प्रमुख ठकुरीले बताए । ‘सुरक्षित जीवन जीउन जीवनबीमा जरुरी’ भन्ने मुख्य हेतुसहित स्थापना भएको रिलायबलले विभिन्न प्रकारका जीवनबीमा योजनाहरु ल्याएको छ ।
रिलायबलले रिलायबल सुलभ बालजीवन बीमा, रिलायबल सामुहिकम्यादी जीवनबीमा, रिलायबल अग्रिम भुक्तानी बीमा, बैदेशिक रोजगार म्यादी जीवनबीमा, रिलायबल उच्च शिक्षा जीवनबीमा, म्यादी जीवनबीमा, रिलायबल सावधिक बीमा,
रिलायबल समुन्नति जीवनबीमा र कर्मचारी जीवनबीमा लागयतका थुप्रै योजनाहरु ल्याएको छ । रिलायबलमा जीवनबीमा गरेमा विभिन्न लाभहरुपनि प्राप्त गर्न सकिने छ ।
मृत्यु लाभ, दुर्घटना मृत्यु लाभ, पूर्ण वा आंशिक अशक्तता लाभ, घातक रोग सुविधा र अस्पताल भर्ना वापत पाउने नगद लाभ सुविधा समेत रहेको रिलायबल गुल्मी शाखाका प्रमुख ठकुरीले बताए । रिलायबलको सामुहिकम्यादी जीवन बीमाबाट सबै संघ संस्था एवं सरकारी कार्यालयका कर्मचारीहरुले पनि लाभ लिन सकिने सुविधा रहेको छ ।
सामुहिकम्यादी जीवनबीमा कर्मचारीहरुको लागि मात्र बिशेष योजना रहेको रिलायबल केन्द्रिय कार्यालयले जनाएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स वि.सं. २०७४ भदौ १५ गतेदेखि संचालनमा आएको छ । रिलायबलले छोटो समयमा देशका धेरै ठाउँमा शाखा कार्यालय स्थापना गर्न सफल भएको हो ।