माघ २६,गुल्मी : नेपाली कांग्रेस मुसिकोट-२ को वडा कार्यालय उद्घाटन गरिएको छ । बुधवार नेपाली कांग्रेस जिल्ला कार्य समिती गुल्मीका सभापती खिलध्वज पन्थीले पार्टी मुसिकोट देउरालीमा कार्यालयको बिधिवत उद्घाटन गर्नुभएको हो ।
अध्यक्ष : वसन्त अधिकारी / सम्पादक : सरिता पौडेल / सम्पर्क : ९८५७०६४२५२
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका सभापती पन्थीले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पाटीको रुपमा स्थापित गर्न सबै नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले दलित, गरिब तथा महिलाको न्यायको खातीर नेपाली कांग्रेस सदैब लाग्ने भन्दै कम्युनिस्टका झुट्टा आश्वासनबाट मुक्त हुन आम जनतालाई आव्हान गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस मुसिकोट नगर कार्य समिति सभापती मोहन घिमिरेले बिहिवार देखि प्रारम्भ हुने दलित जागरण अभियानलाई भव्य रुपले सफल पार्न समस्त नेता कार्यकर्तालाई आग्रह गर्नुभएको थियो।
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्यद्वय कल्पना घिमिरे र बिष्णु कुमारी सापकोटा, पुर्व जिल्ला सचिव हरी नारायण सापकोटा, क्षेत्रीय सभापती चन्द्र ब महत, प्रदेश क्षेत्रीय सभापति झबिन्द्र अर्याल, महाधिबेसन प्रतिनिधि कौरव खत्री लगायतले आफ्ना भनाईहरु राख्दै कांग्रेसलाई बलियो बनाउने तर्फ काम गर्न सबैलाई आग्रह गर्नुभयो ।
नेपाली कांग्रेस मुसिकोट-२ का सभापती तेज बहादुर महतको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस मुसिकोट-२ का सचिव श्रीराम पोखरेलले गर्नुभएको थियो ।