छड्के न्युज डटकम /फागुन २९ गुल्मी : गुल्मी जिल्ला सदरमुकाम तम्घास आर्थिक अभावमा उपचार नपाएर छटपटाई रहेका एक युवाको उपचार भएको छ । एक्कासी खुट्टामा घाउभई आर्थिक अभावमा उपचारमा नपाएर छटपटाइरहेका इस्मा गाउँपालिका ५ का टोपबहादुर घर्तीको जिल्ला प्रशासन कार्यलय गुल्मीको समन्वयमा गुल्मी अस्पतालले निशुल्क उपचार गरेको छ ।
जिल्ला सदरमुकाम तम्घासमा ज्याला मजदुरी गरी जिविकोपार्जन गर्दै आएका इश्मा गाउँपालिका ५ का टोपबहादुर घर्ती एक्कासी खुट्टामा घाउभई आर्थिक अभावमा उपचारमा नपाएर छटपटाइरहेका थिए । ज्याला मजदुरीमा दैनीकी बिताउदै आएका २६ बर्षिय टोप बहादुर घर्ती गुल्मी अस्पतालले निशुल्क उपचार गरेर जिवन दान दिएको छ । घर्तीको एक्कासी जुत्ताले खुट्टामा चोट लगोपछि निस्किएको घाउले ठूलो रुप ल्याएपछि समस्या आयो । उपचार गर्न गुल्मी अस्पताल आएका घर्तिको सकेसम्म अनेत्र उपचार गर्न आर्थिक अभावले सम्भव नभएपछि महिला अधिकार कर्मी, जिल्ला प्रशासन कार्यालय सहितले गुल्मी अस्पताललाई आग्रह गरेको महिला अधिकारकर्मी बताउँछन् ।
विपन्न,तथा आर्थिक अबस्था कमजोर भएका घर्तिको ७५ दिनपछि गुल्मी अस्पतालबाट आइतबार डिस्चार्ज भएका छन् । आर्थिक अभावले उपचार पर्खिरहेका घर्तीले निशुल्क उपचार पाएपछि पुर्नजीवन पाएको टोप बहादुर घतीले बताए । घर्तिको घाउ चुनौतिपूर्ण भएपनि गुल्मी जिल्लाका प्र.जि.अ. र समाजसेवीको अनुरोधमा जिल्लामै उपचार गर्न सफल भएको गुल्मी अस्पताल मेडिकल सुपेरिटेन्डेन्ट डा.उत्तम पच्याले बताए ।
अस्पतालसम्म ल्याई सहयोग तथा घर्तीको दैनिक खटिएर उपचारमा सहयोग गर्ने स्वास्थ्यकर्मीलाई प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले धन्यबाद दिए । प्रमुख जिल्ला अधिकारी पौडेलले भने “असाहाय तथा गरीव नागरिकको दुखःमा सरकारी तथा गैरसरकारी संस्थाले साहारा दिन्छन् भन्ने गुल्मीमा गतिलो उदाहरण सावित भएको छ। ”