गुल्मी,२५चैत्र : गुल्मीमा स्थानिय तहमा सुशासन प्रवद्र्धनका लागी अन्तरक्रिया कार्यक्रम गरिएको छ । जिल्लाको गुल्मी दरवार गाउँपालिकाको आयोजना र भ्रष्टाचार विरुद्धमा नागरिकको निगरानी संस्था गुल्मीको समन्वयमा भ्रष्टचार नियन्त्रणमा सरोकारवालाको भूमिका बिषयमा अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा हाल सम्म गुल्मी दरवार गाउँपालिकाले सुशासनमा गरेका प्रगती विवरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले प्रस्तुत गरेका थिए । गुल्मी दरवार गाउँपालिका कार्य सम्पादन तथा करार सम्झौतामा गर्ने जिल्लामै पहिलो स्थानिय तह रहेको छ । कर्मचारीको मासिक तथा चौमासिक कार्य सम्पादनको अधारमा मुल्याङकन गरी आम नागरिक समक्ष सुचनाको पहुँच पुप्याउन गाउँपालिकाले मासिक ई -बुलेटिन प्रकाशन गर्दै आएको छ ।
१० वटा सुचकमा कर्मचारीको मुल्याङकन,बाझो जग्गालाई उपभोग गर्न भूकि बैंकको स्थापना , पालिका भित्रका सबै वडा कार्यालय तथा स्वास्थ्य संस्थामा बिद्यृतिय हाजिरी लगायतका क्षेत्रमा गाउँपालिकाले सुशासन र संस्थागत विकाशमा थुप्रै क्रियाकलाप गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए । गाउँपालिकाले यस आर्थिक बर्षमा १९ लाख आन्तारिक आम्दानी वृद्धि गरेको छ ।अनलाइन प्रणालीको माध्यमबाट राजश्व संकलन गरिरहेको गाउँपालिकले योजना तथा ब्यक्तिगत घटना दर्ता समेत अनलाईन प्रणालीबाट गर्दै आएको छ ।
३ बर्ष पहिले गुल्मीमा स्थापना भएको भ्रष्टचार विरुद्धको नागरिक निगरानी संस्थाले सरकारी तथा सार्वाजानिक सेवा प्रदायक निकाय, विकास निर्माणमा अनुगमन ,सुशासन प्रवद्र्धनको लागी अन्तरक्रिया जस्ता कार्यक्रम गर्दै आएको संस्थाका अध्यक्ष पदम प्रसाद पाण्डेले जानकारी दिए । अन्तरक्रिया कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष पाण्डेले नागरिकले सुचनाको प्रत्याभूति हुनेगरी सरकारी तथा गैरसरकारी निकायले निति,कानुन, योजना र कार्यक्रम ल्याउनुपर्ने बताए । उनले गुल्मी दरवार गाउँपालिकाले सुशासनको क्षेत्रमा उल्लेखिनीय काम गरेको बताउँदै सेवागा्रहीले वडापत्रको अध्ययन,काजजात प्रक्रिया,बिचौलिया र मध्यस्थलको साहारा नलिन आग्रह गदै गुनासा भन्ने र उजुरी गर्ने सकेमा भ्रष्टाचार न्यूनिकरणमा केही सहयोग पुग्ने अध्यक्ष पाण्डेले बताए ।
जिल्लाको गुल्मी दरवार गाउँपालिका गौरव र इतिहास संग जोडिएकाले सुशासनको क्षेत्रमा अब्बल रहेको कार्यक्रमका प्रमुख अथिति तथा प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले बताए । प्रमुख जिल्ला अधिकारी पौडेलले कानुनको शासन बिधिमा रहेर कुनै पनि ब्यक्तिको नियत गलत नभएमा भ्रष्टाचार नहुने बताए । नागरिक तहसम्म सुचना प्रवाह गरी जनसहभागिता जुटाउन जनप्रतिनिधि र कर्मचारी लागी परिरहेको गुल्मी दरवार गाउँपालिका कार्यावाहक अध्यक्ष मिना भण्डारीले बताईन् । भ्रष्टाचार न्यूनिकरण गर्न बिभिन्न चुनौतिका बिच गाउँपालिकाले थुप्रै कार्यक्रम गरिरहेको बताउँदै सहयोग गर्ने सबैमा कार्याबाहक अध्यक्ष भण्डारीले धन्यवाद दिइन् ।