गुल्मी ,२६ चैत : आज चैत २६ शनिवार अर्थात् चौथो गुल्मी महोत्सवको दास्रो दिन । महोत्सवले सिंगारिएको तम्घासको चिदिचौर । चौरभरी स्टल र महोत्सव अबलोकन गर्न आएका हजारौं दर्शक । महोत्सवमा देश बिदेशमा ख्याति प्राप्त चर्चित लोक तथा दोहोरी गायक चन्द्र शर्मा,कुलेन्द्र विश्वकर्मा,सिता राना,अनु राना लगायत जिल्ला स्तरिय कलाकारको बेजोड प्रस्तुति राखेका थिए । शनिबार बिदाको दिन भएकाले पहिलो दिन भन्दा दोस्रो दिन दर्शकको निकै चहलपहल थियो ।दास्रो दिन दर्शकको बढ्दो आर्कषण तथा आखाँ भने चर्चित लोक तथा दोहोरी गायक कुलेन्द्र विश्वकर्मामा पुग्यो । लोक संगितको क्षेत्रमा सयौं गितले बजारमा तहल्का पिटेर आम नेपाली दर्शकको माया र देश बिदेशमा चर्चा कमाएका कलाकार बिश्वकर्मा स्टेजमा पुगेर सालको पातको टपरी हुनी हे बरै नहुनी सल्लैको भन्दै गित गाउँदै थिए ।
महोत्सव अबलोकन गर्न पुगेका हजारौं दर्शक बिश्वकर्माको गितमा झुम्दै थाले । गितमा हुटिङ्ग गर्दै गायकको गित संगै गाउँदै र नाच्दै कलाकारको गितमा सुन सुगन्थ थपिदिए । उनलाई दर्शकले वाह दिएपछी सालको उक्त गित स्टेजबाट तीन पटक गाए ।विश्वब्यापी रुपमा फैलिएको कारोना भाइरसका कारण लामो समय घरमै गुनाम जस्तै भएका दर्शकलाई यो गुल्मी महोत्सवले गित संगित बजारमा रम्न छुट्टै आनन्द दिएको छ । चैत्र २५ गते देखी सुरु भएको महोत्सव आगामी बैशाख ०४ गते सम्म चल्ने छ । प्रत्येक दिन महोत्सवमा सास्कृतिक कार्यक्रम,बिभिन्न झाकीँ प्रस्तुति रहने छन् ।
दास्रो दिन महोत्सवको ५ भन्दा माथि दर्शकले अबलोकन गरेको र भोली सरकारले सार्वाजानिक बिदा दिएकाले दर्शकको संख्या बढ्ने आंकलन गुल्मी उद्योग बाणिज्य संघले गरेको छ ।महोत्सवबाट आम्दानी भएको रकम मध्ये ४० प्रतिशत सामाजिक क्षेत्रमा र बाँकी ६० प्रतिशत बाणिज्य संघको आम्दानीमा राखिने आयोजकले जनाएको छ । महोत्सवमा ८० हजार दर्शकले मेला अवलोकन गर्ने अपेक्षा राखेको गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष इश्वरीप्रसाद पौडेलले बताए । महोसत्वमा दुई सय स्टल रहेका छन् ।
महोत्सवको तेस्रो दिन अर्थात् भोली राष्ट्रिय कलाकार राधिका हमाल, रमेशराज भट्टराई, कसुल वेल्वासे, सन्तोष केसी, तुल्सिंह रनपछाई, उज्वल गिरी, कुुसुम परियार, समिक्षा विसी लगायतको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।महोत्सवलाई व्यवस्थित गर्न ३४ वटा उपसमिति गठन गरिएको छ । महोत्सवबाट जिल्लाको कृषि, घरेलु तथा औधोगिक क्षेत्रको प्रर्बद्धनसगै पवित्र तपोभुमि रुरु, रेसुङ्गा, कंके देउराली, मालिका र कुर्घाको स्वाँरा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारसँगै राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको बेजोड प्रस्तुती रहने छ ।