बैशाख ११, गुल्मी – बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि गुल्मीको मालिका गाउँपालिका ५ मा नेपाली काङ्ग्रेस क्षेत्र नं २ प्रदेश (ख) का सभापति रेखा कुमार जिसिलाई वडा अध्यक्ष पदको उम्मेदवार बनाउँन सिफारिस गरिएको छ ।
मालिका गाउँपालिका ५ छापहिले (बिसाैना) मा बसेकाे गठबन्धनको बैठकले जिसिलाई सर्वसम्मत रुपम वडा अध्यक्षको उम्मेदवार बनाउँन सिफारिस गरेको नेपाली काङ्ग्रेस वडा सभापति जित बहादुर घर्तीमगरले बताए ।गठबन्धनको बैठकले वडा अध्यक्ष सहित अन्य पदाधिकारिको पनि टुङगो लगाएको छ । जसअनुसार वडा सदस्यमा वीर बहादुर कार्कि , पुरन बिक,महिला सदस्यमा दिपा महतारा,दलित महिला सदस्य समिपा सुनार रहेका छन ।
राजनैतिक रुपमा कुनै एउटा पार्टीबाट उमेदवार बन्नुपर्ने भएपनि आफु सबैको साझा उमेदवार भएको जिसिकाे भनाइ छ । वडामा भौतिक संरचना स्थानी बनाउनुपर्नेछ । ‘जथाभावी मोटरबाटो खन्ने होइन’–उनि भन्छन् ´ भौतिक संरचना आवश्यकताका आधारमा र प्रयोगका आधारमा बनाउने हो ।’ बनेका मोटरबाटो स्तरवृद्धि गरि वडालाई सुगम बनाउने जिसिकाे सपना छ ।
सडकलाई सुगम नबनाएसम्म वडाको कृषि उपजले बजार नपाउने जिसिकाे भनाइ छ । अबको बाटो व्यवहारिक शिक्षाको हो । प्राविधिक शिक्षामा विद्यार्थीहरुको पहुँच नपुर्याए सम्म जीवनपरक शिक्षा हुँदैन् भन्ने जिसिकाे मान्यता छ । व्यवहारिक र सीपयुक्त शिक्षा नभएका कारणले पनि लाखौं संख्यामा विदेशीनुपर्ने बाध्यता छ।जिसिले राजनैतिक रुपमा नेपाली काँग्रेसमा लामो समय देखि आवद्ध भएर पार्टीको सांगठनिक कार्यमा पनि योगदान पुराएका छन ।( स्रोत: सेतोमसि )