तानसेन। पाल्पामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं.१० का ३६ वर्षीय कयम अली रहेको प्रहरीले जनाएको छ । उनको बिहीबार दिउँसो तिनाउ गाउँपालिका वडा नं.–३ स्थित तिनाउ खोलामा फोटो खिच्दैं पौडी खेल्ने क्रममा डुबेर को मृत्यु भएको हो ।
पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका अलीको उद्दारपछि उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अस्पताल पुर्याउदा उनलाई चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए ।
घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी बिरेन्द्र थापाले बताए ।