जेठ ११, गुल्मी – गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।जिल्लाको मदाने गाउँपालिका ४ म्यालपोखरीकी ४५ वर्षीया राधिका भट्टराईको मङ्गलबार राति चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।
गोठमा गाईबस्तुलाई घाँसपात गर्ने क्रममा चट्याङ लागेर उनको मृत्यु भएको खरेलले बताए ।घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।