जेठ १९ ,गुल्मी – प्रतिभा प्राविका शिक्षकले छात्रालाई दुर्ववहार गरेको आरोपमाथी अनेरास्ववियु रुरुक्षेत्र गाउँ कमिटीले छानबिनको माग गरेको छ ।बिहिवार अर्थात् जेठ १९ गते एक बिज्ञप्ति सार्वजनिक गर्दै अनेरास्ववियु रुरुक्षेत्र गाउँ कमिटी गुल्मीले घटना छानबिनको माग गरेको छ ।
अनेरास्ववियु रुरुक्षेत्र गाउँ कमिटीका अध्यक्ष नेत्र प्रसाद ज्ञवालीद्वारा हस्ताक्षर गरिएको प्रेस बिज्ञप्तिमा लेखिएको छ यो घटनाको निस्वार्थ छानबिन होस् , पैसा पावरमा दोषीलाई नछोड्न को अनुरोध गर्दै पीडितलाई न्याय र दोषीमाथी कानुनी कारबाहीको माग गरिएको उल्लेख छ । दोषीलाई कानुनी दायरामा ल्याउन सम्पुर्ण जनप्रतिनिधि र प्रसाशनको ध्यानाकर्षण गरिएको समेत बिज्ञप्तिमा लेखिएको छ ।
कक्षामा अध्यापन गराउने क्रममा शिक्षकले छात्रा बिद्यार्थीलाई शारीरिक अङ्गमा मसार्ने जस्ता क्रियाकलाप देखाएको बिद्यार्थीले गुनासो गरेका थिए । बिधालयमा शिक्षकले गरेको हर्कत अभिभावकलाई विद्यार्थीले सुनाएपछी पीडितका बुवाआमाले बिधालयमा जानकारी गराएका थिए । शिक्षकले बिद्यार्थीमाथी दुर्ववहार गरेको आरोप लागेका गुनासा बिधालयमा आएपछि शिक्षकलाई बिधालयमा पठनपाठनमा रोक र छानबिन गरिरहेको बिधालयले जनाएको छ ।
घटनाको विषयलाई लिएर बिधालय ब्याबस्थापन समिती , जनप्रतिनिधि र प्रधानध्यापक लगायतको टिमले बैठक बसेर घटनाको यथार्थ र बास्ताबिकता पत्ता लगाउन खोजिरहेको छ ।घटनाको छानबिन गरि निर्दोषलाई न्याय र दोषीलाई कानुनी कार्वाही हुने बिधालयले जनाएको छ।