जेठ २५, भालुबाङ्ग –अनलाईन पत्रकारितालाई जिम्मेवार सन्चारकाे माध्यमकाे रुपमा विकासमा ध्यान दिनु आवस्यक रहेकाे लुम्बिनी प्रदेशकाे स्थायी राजधानी भालुबाङ्गमा आयाेजित कार्यक्रममा जाेड दिईएकाे छ ।
आन्तरिक मामिला तथा सन्चार मन्त्रालयकाे आयाेजना र नेपाल पत्रकार महासघ लुम्बिनी प्रदेशकाे समन्वयमा शुरु भएकाे ४ दिने तालिम सुरु भएको छ । चार दिवसिय अनलाईन पत्रकारिता तालिममा बाेल्दै नेपाल पत्रकार महासघका केन्द्रीय सदस्य शुसिल पाेख्रेलले अनलाईन मिडिया आजकाे आवस्यकता भएकाे तर जिम्मेवार हुन नसकेको बताउँदै अनलाईन मिडियालाई जिम्मेवार र विश्वसनिय बनाउने काममा नेपाल पत्रकार महासघ लाग्ने बताए ।
तालिम कार्यक्रमकाे उदघाटन कार्यक्रममामा बाेल्दै प्रशिक्षक रविराज बरालले अनलाईनमा के लेख्ने र कसका लागि लेख्ने याे मुद्दा प्रमुख रहेकाले मुलत समुदाय कन्द्रित समाचारमा केन्द्रित अनलाईन पत्रकार हरुलाई आग्रह गरे ।
नेपाल पत्रकार महासघ लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरीका अध्यक्षता भएकाे उदघाटन कार्यक्रमकाे सन्चालन माधव खनालले गरेका थिए ।जेठ २५ गते देखि संचालन भएको तालिम २८ गते सम्म चल्ने छ । तालिममा लुम्बिनी प्रदेशका बाह्र जिल्लाका पत्रकारहरु सहभागी छन् ।