असार ०३, गुल्मी — गुल्मीमा बालयौन दुव्र्यवहार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका ३ थानपती स्थित प्रतिभा आधारभूत विद्यालयका शिक्षक रामहरी ज्ञवालीलाई आफैले पढाउने छात्रामाथी बालयौन दुव्र्यवहार गरेको आरोपमा बिहिबार प्रहरीले पक्राउ गरेको छ ।
प्रतिभा आधारभूत विद्यालयको कक्षा ३ मा अध्ययनरत आफ्नै बिद्यार्थी उपर बिद्यालय समयमा यौनजन्य अस्वाभाविक कार्य गरेको आरोपमा पक्राउ गरेको प्रहरी जनाएको छ । परेका हुन् । शिक्षकले बिद्यालय समयमा आफूहरुलाई बालयौन दुव्र्यवहार गरेको गुनासो छात्राले अभिभावकलाई बताएकी थिईन् । अभिभावकले प्रहरीकोमा बालयौन दुव्र्यवहार गरेको जाहेरी प्रहरी कार्यालयमा दिएपछि आरोपित शिक्षकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्याम प्रसाद यादवले जानकारी दिए ।
बालयौन दुव्र्यवहार आरोपमा पक्राउ परेका शिक्षकलाई बालयौन दुरुपयोग सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । छात्रालाई बालयौन दुव्र्यवहार गरेको आरोप शिक्षकलाई लागेपछि घटनाको यर्थात् बुझ्न विद्यालय ब्याबस्थापन समिति,प्रधानध्यापक,केहि जनप्रतिनिधि विच पटक पटक छलफल भएपनि बैठक निर्कषविहिन रहेको थियो ।