असार ०७, काठमाडौँ– पुर्वसञ्चारकर्मी रवि लामिछानेले नयाँ दल खोल्ने एक कार्यक्रमका बिच घोषणा गरेका छन् । मंगलबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले नयाँ दल खोल्ने र दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी राख्ने घोषणा गरेका छन्।
घोषणा गर्दै उनले भने– ‘म यही मञ्चबाट नयाँ राजनीतिक दल खोल्ने घोषणा गर्छुु र हाम्रो पार्टीको राष्ट्रिय स्वतन्त्र पार्टी हुनेछ । उनले दल आजै निर्वाचन आयोगमा दर्ता गर्ने बताएका हुन् ।