असार ११, ललितपुर– नेपाल ट्रक यातायात व्यवसायी महासंघको पन्ध्रौँ साधारण सभा तथा सातौँ महाधिवेशनबाट महासंघको अध्यक्षमा हिरालाल श्रेष्ठ विजयी भएका छन् ।शनिबार सम्पन्न निर्वाचन परिणाम अनुसार राजेन्द्रकुमार श्रेष्ठलाई पराजित गर्दै हिरालाल श्रेष्ठ आगामी ३ बर्षे कार्यकालका लागि महासंघको अध्यक्षमा विजयी भएका हुन् ।
श्रेष्ठले १ सय २८ मत प्राप्त गर्दा पराजित श्रेष्ठले ४७ मत मात्र पाए ।महासंघको वरिष्ठ उपाध्यक्षमा लोकराज पोख्रेल निर्विरोध निर्वाचित भएका छन् ।त्यसैगरी उपाध्यक्षमा विष्णु न्यौपाने र कृष्णहरि जिसी क्रमश १ सय ३४ र १ सय ५ मत ल्याई विजयी भएका हुन् ।महासंघको महासचिवमा राजेन्द्र विक्रम बानियाँ दोस्रोपटक पनि निर्विरोध निर्वाचित हुन् सफल भएका छन् ।
सचिवमा १ सय ३८ मत प्राप्त गरि उमेशचन्द्र मजगैयाँ विजयी भएका हुन् ।त्यस्तै कोषाध्यक्षमा ओमकृष्ण कार्की निर्विरोध निर्वाचित भएका छन् । महासंघको सह–कोषाध्यक्ष ७९ मत ल्याई राजन केसी निर्वाचित भएका छन् । महाधिवेशनले ७ जना प्रदेश संयोजक सहित १६ सदस्सीय महासंघको नयाँ कार्यसमिति चयन गरेको हो ।
प्रदेश १ मा विद्यापति उपाध्याय,मधेश प्रदेशमा ध्रुव अर्याल,बागमती प्रदेशमा अर्जुन बहादुर सापकोटा,गण्डकी प्रदेशमा विकास थापा, लुम्बिनी प्रदेशमा यम प्रसाद पाण्डे, कर्णाली प्रदेशमा प्रकाश अधिकारी र सुदूरपश्चिम प्रदेशमा मेघराज भट्ट निर्विरोध निर्वाचित भएका छन् ।
महाधिवेशनमा अध्यक्ष, दुई उपाध्यक्ष, सचिव र सह–कोषाध्यक्ष निर्वाचित गर्न मतदान भएको थियो भने अन्य पदमा पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।महाधिवेशनमा महासंघमा आबद्ध देशभरका झन्डै ५ सय ट्रक व्यवसायीले सहभागिता जनाएका थिए ।