साउन ०३, गुल्मी –गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा निबर्तमान जनप्रतिनिधिलाई सम्मान गरिएको छ । चन्द्रकोट गाउँपालिका १ दिब्रुङ्गको वडा कार्यालयमा सोमबार एक कार्यक्रमका आयोजना गरि निबर्तमान जनप्रतिनिधिलाई सम्मान तथा बिदाई कार्यक्रम गरिएको वडा कार्यालयले जनाएको छ ।
स्थानिय तह सदस्य निर्बाचन २०७४ मा निर्बाचित भै ५ वर्ष कार्यकाल पूरा गरेका जनप्रतिनिधिहरुलाई सम्मान तथा बिदाई गरिएको हो । कार्यक्रममा निबर्तमान वडाअध्यक्ष गोबिन्द बहादुर बलालले आफ्नो कार्यकालमा वडाबासीको मन जित्ने गरि विकासका काम गरेको बताएका थिए । निबर्तवान वडाध्यक्ष बलालले भने संघिय संरचना बनिसकेपछीको हाम्रो ५ बर्ष कार्यकाल सिक्दै र बुझ्दैमा बित्यो । आफ्नो कार्यकालमा वडाको बिकास सङ्ग जोडिएका थुप्रै काम गर्न बाकी रहेको र निर्वाचित भइ आएका जनप्रतिनिधिहरुलाई आफुले सक्दो सहयोग र हातेमालो गरेर अगाडि बढ्ने उनले बताए ।
चुनाबी प्रतिस्पर्धामा जुनसुकै पार्टी वा समुहबाट सहभागी भएता पनि निर्बाचित भैसकेपछी आफुहरुले साझा रुपमा जनताप्रति उत्तरदायी भएर सबैको सुझाब र परामर्शमा काम गर्ने चन्द्रकोट गाउँपालिका १ दिब्रुङ्गका वडाध्यक्ष तथा गाउँपालिका प्रबक्ता घनश्याम खरेलले बताए । वडाध्यक्ष खरेलले चुनाब लोकतन्त्रको सुन्दर पक्ष भएको हुँदा बिजयी र पराजय सामान्य कुरा भएको र पाँच वर्षसम्म अनुभव लिएका जनप्रतिनिधिहरुको सल्लाह , सुझाव र सबैको सहकार्यमा आफू र आफ्नो टिम अघि बढ्ने उनले बताए ।
वडाध्यक्ष खरेलले निर्वाचित भएर वडामा आएपछि आफुहरुले वडामा सुरुवात गरेका केही महत्त्वपूर्ण आयोजना र कामहरुको बारेमा कार्यक्रममा जानकारी गराएका थिए । कार्यक्रममा निबर्तमान कार्यपालिका सदस्य जमुना खरेलले आफ्नो अनुभव तथा शुभकामना मन्तब्य राखेकी थिईन । वडासचिब दुर्गाप्रसाद शर्माले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सन्चालन कार्यालय सहायक राजन सुनारले गरेका थिए ।