साउन ०६,काठमाडौं – प्रसुती हुन स्वास्थ्य कार्यालय पुगेकी महिला कार्यालयमा स्वास्थ्यकर्मी नहुँदा घर फर्किदै थिइन् घर फर्कदै गर्दा बाटोमै बच्चा जन्मियो । सिनियर अहेव विर्ज विक गोष्ठीमा गएका थिए । स्वास्थ्य कार्यालयमा कुनै पनि स्वास्थ्यकर्मी थिएनन्।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं- १ फयालगाउँमा स्वास्थ्यकर्मी नहुँदा एक जना महिलाले स्वास्थ्य कार्यालय पुगे पनि बाटोमै बच्चा जन्माउन बाध्य भएकी छिन्। फयालगाउँ सामुदायीक स्वास्थ्य इकाई केन्द्रमा प्रसुती गराउने स्वास्थ्यकर्मी नहुँदा वडा नं- १ मुक्तिकोटकी कार्तिके विकले बाटोमै बच्चा जन्माएकी हुन् ।
सुत्केरी ब्यथाले चाँपेपछि उनी स्वास्थ्य कार्यालय पुगेकी थिइन् । तर, स्वास्थ्य कार्यालयमा कुनै पनि स्वास्थ्यकर्मी थिएनन् । त्यहाँ कार्यरत सिनियर अहेव विर्ज विक गाउँपालिकाले आयोजना गरेको गोष्ठीमा गएका थिए ।
प्रसुती हुन स्वास्थ्य कार्यालय पुगेकी विक कार्यालयमा स्वास्थ्यकर्मी नहुँदा घर फर्किदै थिइन् । घर फर्कर्दै गर्दा उनलाई सुत्केरी ब्यथाले च्यापेको थियो । ब्यथाले च्यापेपछि उनी बाध्य भएर बाटोमै बच्चा जन्माउन विवस भइन् ।
गाउँपालिकाबाट नियुक्त भएका करारका स्वास्थ्यकर्मीको पनि नयाँ आर्थिक वर्षदेखि करार अवधि थपिएन ।जसले गर्दा स्वास्थ्य कार्यालयमा करारका स्वास्थ्यकर्मी पनि छैनन् । बाटोमै बच्चा जन्माएकी महिला र नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको उनको परिवारले जनाएको छ ।(एभरेस्ट दैनिक )