भदौ २०, गुल्मी – बिगत ३ दशकदेखि चुनाब लड्दै आएका नेकपा एमाले सचीव तथा पुर्वमन्त्री गोकर्ण बिष्टको निर्वाचन क्षेत्रमा पार्टीले तीन जनाको नाम सिफारिस गरेको छ ।गुल्मी क्षेत्र नम्बर–२ नेकपा एमालेको भेलाले गोकर्ण बिष्ट सहित राजेन्द्र अर्याल र शेषकान्त गौतमको नाम सिफारिस गरेको छ ।बिष्ट ०५६ सालदेखि ०७४ सालसम्मा ३ पटकसम्म निर्वाचित भएका हुन् । अर्याल प्रेस चौतारी नेपालका पूर्व केन्द्रिय अध्यक्ष हुन् भने गौतम एमाले गुल्मीका नेता हुन् ।
बिष्ट गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट ३ पटकसम्म निर्वाचित सांसद हुन् । तीन जनाको उम्मेदवारमा नाम सिफारिस भएसङ्गै सामाजिक संजालमा बधाई तथा शुभकामनाको ओइरो लाग्ने गरेका छन् । त्यस्तै क्षेत्र नम्बर २ काङ्ग्रेसबाट केन्द्रीय सदस्य चन्द्रबहादुर केसी सहित तीन जना नेता प्रतिनिधि सभाका लागि सिफारिस भएका छन् । नेपाली काङ्ग्रेस महासमिति सदस्य डा. दामोदर भुसाल र पूर्व महाधिवेशन प्रतिनिधि त्रैलोक्य प्रताप सेना सिफारिस भएको नेपाली काङ्ग्रेस गुल्मीले जनाएको छ । बिष्टको निर्वाचन क्षेत्रमा एकीकृत सामाजबादि पार्टी सचीव तथा पुर्वमन्त्री रामकुमारी झाक्रीको चर्चा चलिरहेको छ ।
क्षेत्र नम्वर २ को (क) प्रदेश सदस्य उमेदवारमा गणेश श्रीपाली, डिल्लिराज भुसाल, सोमनाथ सापकोटा, सिता भण्डारी, प्रकाश काफ्लेको नाम सिफारिस भएका छन् । प्रदेश (ख) मा नेकपा एमाले केन्द्रिय सदस्य, दिनेश पन्थी, जमुना पन्थी, सन्तोष लम्साल, खिमान्नद भण्डारी, लोकबहादुर खत्री र नारायण पोखरेल सिफारिसमा परेको नेकपा एमाले गुल्मीले जनाएको छ ।
सोमबार नेपाल कम्युनिस्ट पार्टी एमाले गुल्मीको पार्टी कार्यालयमा एकता घोषणा कार्यक्रमको आयोजना गरेर नेकपा एकीकृत समाजवादी गुल्मीका जिल्ला अध्यक्ष नरेश भण्डारी,जिल्ला ईन्चार्ज गणेश खनाल सहितका केही नेता एमालेमा फर्किएका छन् ।