असोज ३०,गुल्मी –नेकपा एमाले गुल्मीले जिल्लाका ९३ वटै वडामा निर्वाचन परिचालन कमिटीका कार्यालयहरु स्थापना गरेको छ ।
शुक्रवार एकैदिन निर्वाचन परिचालन कमिटीका कार्यालय स्थापना गरिएको हो । नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका निर्वाचन परिचालन कमिटी क्षेत्र नम्बर १ का संयोजक हिमाल श्रेष्ठले दिएको जानकारी अनुसार क्षेत्र नम्वर १ का ५० र २ का ४३ गरि ९३ वटा वडाहरुमा एमालेले एकैदिन निर्वाचन परिचालन कमिटिका कार्यलयहरु स्थापना गरेको छ ।
यसैगरी १२ वटा पालिका दुईवटा संघीय र ,४ वटा प्रदेश निर्वाचन क्षेत्रका निर्वाचन परिचालन कार्यालय स्थापना गरिएको छ । संघिय निर्वाचन क्षेत्र १ को कार्यालय रिडीबजारमा स्थापना भएको छ भने प्रदेश १ क को सत्यवतिको खैरेनी प्रदेश र १ ख को निर्वाचन परिचालन कमिटीको कार्यालय छत्रकोटको भेँडुवामा स्थापना भएको छ ।
त्यसतै निर्वाचन क्षेत्र न २ को कार्यालय सदरमुकाम तम्घासमा र क्षेत्र न २ क को सिमलटारी मा र ख को कार्यालय इस्माको छल्दिक्षेत्रमा स्थापना गरिएको सचिवालय सदस्य श्रेष्ठले बताए ।
कार्यालय स्थापना अघि देखि नै एमाले उपमहासचिव तथा क्षेत्र नम्वर १ का उमेदवार प्रदिपकुमार ज्ञवाली र यता क्षेत्र यता क्षेत्र नम्वर २ का उमेदवार तथा एमाले सचिव गोकर्ण राज बिष्ट र प्रदेशका उमेदवार सहितका नेता कार्यकर्ताहरुले चुनावी अभियानलाई तिब्रता दिएको एमाले जिल्ला कमिटी सचिव गणेश श्रीपालीले जानकारी दिए ।स्रोत: अर्थसम्बाद