कार्तिक २०,गुल्मी – विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस अर्थात् कोभिड-१९ का कारण बन्द भएको हाटबजार पुन संचालनमा आएको छ । कारोना कारण गएको बैशाख महिनाबाट बन्द रहेको हाटबजार शनिबार देखि पुन सुचारु भएको छ ।
गुल्मीको रेसुङ्गा नगरपालिकाले कृषकले उत्पादन गरेका कृषि उपजको बजारीकरण गर्न १ करोड ३३ लाख ५० हजारको लागतमा हाटबजार संचालनमा ल्याएको थियो । रेसुङ्गा नगरपालिकाले कृषि उपजमा बिचौलियाको अन्त्य र कृषकलाई उचित मुल्य प्रदान गर्न हाटबजार संचालनमा ल्याएपनी कारोनाको बाहानामा पटक पटक बन्द हुदैँ आएको थियो ।
हाटबजार निजि क्षेत्र तरकारी तथा फलफुल ब्याबसाय सँगको समन्वयमा सञ्चालन ल्याएको रेसुङ्गा नगरपालिकाले जनाएको छ । जिल्ला सदरमुकाम तम्घासमा लामो समयदेखि हाटबजार बन्दले कृषक मारेमा परेका थिए । सितभण्डारण सहितको हाटबजार सञ्चालन आएपछि कृषकले सिधै बेच्न पाउँदा ठगिनबाट बच्ने उदेश्य हाटबजार संचालन गरिएको नगरले जनाएको छ ।
सदरमुकाम तम्घासको चारीखोलामा ५ टन क्षमताको सितभण्डारण सहितको हाटबजार पहिले जस्तै संचालनमा ल्याएको र यस बजारबाट कृषकले उत्पादन अनुसारको मुल्य पाउने उपभोक्ता बिचौलियाबाट ठगिन बञ्चित हुने नगरप्रमुख खिलध्वज पन्थीले बताए । कृषकको उत्पादन उपभोक्ताले खरिद गरेर बाँकी रहे शितभण्डारमा स्टोर गर्ने व्यावस्था मिलाइएको छ । हाटबजार संचालनमा आएपछि कृषक उपभोक्ता उत्साहित बनेका छन् ।