कृष्ण अन्जान/ कार्तिक २१, गुल्मी – संघिय र प्रदेश निर्वाचनकाे माहौल तात्दै गर्दा राजनैतिक दलहरूले आफ्ना प्रतिबद्धताहरु पनि सार्वजनिक गर्ने क्रम जारी छ ।मुख्यतया भौतिक विकासका कामहरु सम्पन्न गर्नेकुराहरु प्रतिबद्धतामा समेटिएका छन ।
नेकपा एमालेका तर्फबाट गुल्मी क्षेत्र न १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदिप कुमार ज्ञवालीका तर्फबाट जारी प्रतिबद्धतामा अन्य गाउँ पालिका र नगरपालिका सँगै रुरुक्षेत्र गाउँपालिका भित्रका भौतिक पुर्वाधार हरुकाे स्तराेन्नति र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएकाे छ ।
प्रतिबद्धतापत्रमाचौतारा ,भन्ज्याँग ,लाेक्मा ,ग्वादी माेटरबाटाे कालाेपत्रे गर्ने ,आमपाेखरा ,लामाखर्क ,ओखलढुंगा ,तालखाेला माेटरबाटाे स्तराेन्नति गर्ने कुरा उल्लेख गरिएकाे छ ।यसैगरी चिदिगैरा भट्कुवा माेटरबाटाे र रानीवास टाहाटिम उल्लिखाेला माेटतबाटाे कालाेपत्रे गरिने प्रतिबद्धता गरिएकाे छ ।
यसै गरि च्यूरेककाे ज्वाईका पाेखरी ,कालथापे ,चितपाने ,
ठाडाबाट हुँदै एसमाेड सम्म सडक स्तराेन्नति गरिने भएकाे छ ।च्यूरेककाे खानेपानीकाे समस्या समाधानका लागि जौखाेला ठुलापाेखरा लिफ्टिँग खानेपानी आयाेजनालाई अगाडि बढाउँदै च्यूरेकमा सर्वसुलभ एकघर एक धाराकाे व्यवस्थापन गरिने प्रतिबद्धता प्रतिनिधि सभाका उम्मेदवार प्रदिप कुमार ज्ञवालीले व्यक्त गर्नु भएकाे छ ।
रुरुक्षेत्रकाे समग्र विकासका लागि गुरुयोजना कार्यान्वयनमा ल्याईने छ भने कालीगण्डकी तटमा शवदाह गृहकाे निर्माण गरिने प्रतिबद्धता पत्रका उल्लेख छ ।