खगेन्द्रबहादुर सिंह/कार्तिक२३,डाेटी – डाेटीमा केन्द्रविन्दु बनाइ आएकाे भूकम्पले घर भत्किंदा ६ जनाकाे मृत्यु भएकाे छ भने ५ जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डाेटी स्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाइ ६.६ म्याग्निच्युडकाे भूकम्प गएकाे हाे ।
मध्यरात २ बजेर १२ मिनेटमा गएकाे भूकम्पले ग्रामीण भेगका दर्जनाै घरहरू भत्किएका छन् ।
पूर्बीचाैकी गाउँपालिकाकाे वडा नम्बर ३ गैरागाउँमा केही घर भत्किंदा घरमा च्यापिएर ६ जनाकाे मृत्यु भएकाे र १ जना उद्धार गर्न बाँकि रहेकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भाेला भट्टले जानकारी दिएका छन् । ५ जना घाइते रहेका र तिनीहरूकाे उपचारका लागि अस्पताल ल्याइएकाे भट्टले बताए ।
थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाकाे टाेली घटनास्थल पुगिसकेकाे र स्थानीय सहितकाे टाेलिले उद्धार गरिरहेकाे प्रहरीले जनाएकाे छ । शिक्षक मिनराज ओझाका अनुसार अधिकांश स्थानीयका घरहरू भत्किएका छन्, स्थानीय त्रसित देखिएका छन् ।
भूकम्पका कारण सायल गाउँपालिका क्षेत्रकाे समेत ठाउँ ठाउँमा पहिराे गएकाे स्थानीय दलबहादुर देउवाले जानकारी दिएका छन् ।
त्यस अघि पनि राति ९:७ बजे दिपायलमा केन्द्रविन्दु बनाएर ५.७ म्याग्निच्युडकाे भूकम्प गएकाे भूकम्प मापन केन्द्रले जनाएकाे छ । त्यसपछि समेत पटक पटक झट्का गएकाे थियाे ।