कार्तिक २३,गुल्मी – नेकपा एमालेका उपमहासचिब तथा गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार प्रदीप ज्ञवालीले गुल्मी क्षेत्र नम्बर १ मा अरबौंका राष्ट्रिय महत्वका आयोजना ल्याएको बताएका छन् ।आफ्नो निर्वाचन क्षेत्रमा एमाले नेता ज्ञवालीले राष्ट्रिय स्तरमै महत्वपूर्ण आयोजना जिल्लामा ल्याएको उनले बताएका छन् ।
गुल्मी क्षेत्र नम्बर–१ मा आफु निर्वाचित भइसकेपछि ५ वर्षको अवधिमा धेरै राष्ट्रिय महत्वका आयोजनाले स्थान पाएको र आफु निर्वाचित भइसकेपछि जिल्लामा सडक निर्माण र ठूला अयोजनाहरु अगाडी बढेको उनले बताए ।नेता ज्ञवालीले कालीगण्डकी करिडोरमा ६ अर्ब रकम बिनियोजन भएर काम भइरहेको छ । त्यस्तै राजमार्ग नं १९ (रिडी–खज्र्याङ–बलकोट–दाङ–सुर्खेत) को लागि २ अर्ब ६२ करोड रकम बिनियोजन भएको छ । ५५ करोड लागतको रुरुक्षेत्र तटबन्धको काम अगाडी बढिसकेको छ । चोरकाटे–शान्तिपुर सडक निर्माणको लागि ५५ करोड रकम सुनिश्चित गरिसकिएको छ ।
त्यस्तै गुल्मी जिल्ला अस्पतालको लागि ५२ करोड रकम बिनियोजन भएर अहिले अस्पताल भवन निर्माणको काम तिब्र गतिमा अगाडी बढेको छ । त्यस्तै पालिका स्तरमा ६ वटा अस्पताल निमानको लागी १ अर्ब ८ करोड रकम लागतम काम भैरहेका छन् । जिल्लामा कोरोनाको कहरमा निकै जटिल बनेको बेलामा अक्सिजनको व्यवस्था गर्न आइसियु, अक्सिजन प्लान्ट र पिसिआर ल्याब स्थापना गरिएको थियो । ५ करोड लागतमा प्लान्ट र ल्याब स्थापना भएर अहिले सेवा प्रदान भइरहेको छ । रणनीतिक सडकको लागि ४० करोड रकम बिनियोजन भएको छ ।
२० करोड लगानीमा रेसुङ्गा एयरपोर्ट निर्माण कार्यसम्पन्न भएको छ । दौंघा, हुँगा, बलेटक्सार, पल्लिकोट, खैरेनी, जुनियाँ, हरेवा, अस्लेवा लगायतका स्थानमा बिभिन्न खानेपानीको आयोजनाको लागि ४० करोडभन्दा बढी रकम बिनियोजन भइ केहि स्थानमा खानेपानी वितरण भैसकेको र केहि स्थानमा काम अगाडी बढेको छ ।
रिडी रुद्रवेणी सडकमा १४ करोड रकम बिनियोजन भएर काम अगाडी बढेको छ । विभिन्न स्थानीय निकायमा विद्यालय पुनर्निर्माण तथा ७७ शौचालय निर्माणको लागि आबश्यक रकम उपलब्ध गराई कामहरु केहि सम्पन्न भएका छन् भने केहि सम्पन्न हुने चरणमा छन् ।
मंसिर ४ मा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा गुल्मी १ बाट नेकपा एमालेबाट केन्द्रिय उप महासचिव प्रदीप ज्ञवाली र गठबन्धनबाट नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी बीच प्रतिस्पर्धा हुँदैछ ।