काठमाडौं – रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातै प्रदेशमा प्रदेश समितिहरू गठन गरी जिम्मेवारी तोकेका छ ।
जसअनुसार प्रदेश १ समितिमा राजेश तिम्सिना, मधेश प्रदेशको सभापतिमा तपेश्वर यादव, बागमती प्रदेशको सभापतिमा अचुतम लामिछाने रहने गरी जिम्मेबारी तोकेको हो ।
यसैगरी गण्डकी प्रदेशको सभापतिमा राजन गौतम, लुम्बिनीको सभापतिमा देवराज पाठक, कर्णालीको सभापतिमा धिरजबहादुर वली र सुदूरपश्चिम प्रदेृशमा सभापतिमा प्रकाश विष्ट चयन गरी जिम्मेवारी तोकेको हो ।