गुल्मी – आसन्न चैत ५ गते सम्पन्न हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्पुर्ण आङ्गिक र सामुदायिक क्याम्पसहरुमा चुनावी माहोलको रौनक छाईरहेको छ ।
ठाउँ र परिस्थिति अनुसार विभिन्न विद्यार्थी संगठनहरुले तालमेल गरेर चुनाबी अभियानलाई सफल पार्न लागिपरेका छन भने कतै रोचक प्रतिस्पर्धा हुने आंकलन गरिएको छ । कुनै कुनै क्याम्पसमा भने सर्बसम्मत रुपमा प्रतिनिधि निर्बाचित हुने क्रम जारी छ ।
देशभर सत्ता साझेदारी दलहरु बिच गठबन्धन भएतापनी गुल्मी जिल्लामा भने माओबादी निकट अखिल क्रान्तिकारी र एमाले निकट अनेरास्ववियुको गठबन्धन रहेको छ । गुल्मीका पाँच क्याम्पसमा तालमेल गरेर सर्बसम्मत रुपमा प्रतिनिधि निर्बाचित गरिएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष राजन पोखरेलले बताए ।
यसैबिच धुर्कोट गाउँपालिका-५ बस्तुमा रहेको धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा पनि चुनाबी माहोल उत्साहजनक रुपमा अगाडि बढिरहेको जनाईएको छ । धुर्कोट क्याम्पसमा अखिल क्रान्तिकारीका इन्द्र पोखरेल आफ्नो बिरासत जोगाउन लागिपरेका छन भने अर्कोतर्फ काङ्ग्रेसको बलियो आधार मानिएको ठाउँमा नेबिसंघका थानिश्वर पन्थी स्वबियु समिती आफ्नो मुठ्ठीमा ल्याउने प्रयासमा जुटिरहेका छन । जसमा अखिल क्रान्तिकारीलाई अनेरास्ववियुले समेत साथ दिएको छ।
वि सं २०७३ सालको स्वबियु निर्बाचनमा धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीबाट सित्तल थापा, २०६५ सालको स्वबियु निर्वाचनमा क्रान्तिकारी कै नारायण पाण्डे बिजयी भएका थिए । अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट अहिलेका अध्यक्ष पदमा उम्मेदवार पोखरेललाई आफ्नो बिरासत जोगाउने दबाब छ। आफू स्वबियु अध्यक्ष हुन योग्य रहेको र स्वबियु निर्बाचन अखिल संयुक्त प्यानलले नै जित्ने अध्यक्षका दावेदार पोखरेलको दावी छ ।
आफुले स्वबियु अध्यक्ष जितेपछि क्याम्पसमा सर्बप्रथम पुस्तकालयको ब्यबस्था गरि आम विद्यार्थीले सजिलै पढ्न सक्ने बाताबरणको सिर्जना गर्ने उनको भनाई छ । क्याम्पसमा पढाइ संगसंगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराउने, शिक्षक र विद्यार्थीबिच सुमधुर सम्बन्ध स्थापित गर्न आवस्यक संयन्त्र प्रयोग गर्ने, माध्यमिक तह सकेपछी उच्च माध्यमिक तहको लागि सदरमुकाम अथवा जिल्ला बाहिर जाने परिपाटीलाई रोक्न लागिपर्ने पोखरेलका मुख्य एजेन्डा रहेका छन ।
अर्कातर्फ नेबिसंघबाट अध्यक्षमा उम्मेदवारी दिएका थानेश्वर पन्थिले क्रान्तिकारीको बिरासत ढलाउने उद्घोष गरेका छन्। आफ्नो स्पष्ट बहुमत रहेको र विद्यार्थीको हक हितमा आफू सदैब लागिपरेकोले सम्पुर्ण विद्यार्थीले आफुलाई निर्बाचित गर्ने पन्थिको भनाई छ । आफू स्वबियु अध्यक्षमा निर्बाचित भयो भने क्याम्पसको शैक्षिक गुणस्तर , अतिरिक्त क्रियाकलाप , क्याम्पस ब्यबस्थापन लगायतका बिषयमा कार्य गर्ने पन्थिले बताए ।
अखिल क्रान्तिकारिको संयुक्त प्यानलको अध्यक्षमा इन्द्र पोखरेल, सचिबमा बिष्णु घिमिरे , कोषाध्यक्षमा मनिषा नेपालीले उम्मेदवारी दिएका छन्। जसको सदस्यमा मन्जु भण्डारी , प्रजिना खत्री , मनिषा पोखरेल, सरस्वता बिक, रिता रिजाल रहेका छन् ।
यता नेबिसंघको अध्यक्षमा थानिश्वर पन्थी, सचीवमा बिनोद खनाल, कोषाध्यक्षमा बिष्णु थापा, सदस्यहरुमा गिता पन्थी, बसन्ता भुसाल, जानका नेपाली , मिना भण्डारी र अञ्जली बि.क चुनावी मैदानमा छन्।