बुटवल – छत्रकाेट गाउँपालिका र रेडक्रस साेसाइटी रूपेन्देही शाखाबिच रक्तदान सम्बन्धि सम्झौता भएको छ । छत्रकोट गाउँपालिका, गुल्मीका बासिन्दालाई नि:शुल्क रगत उपलब्ध गराउने सम्बन्धमा छत्रकोट गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा अन्तर्गतको रक्तसंचार सेवा केन्द्र, बुटवल/भैरहवा बीच सम्झौता भएको छ ।
शुक्रबार रक्त सञ्चालन सेवा केन्द्र रूपन्देही शाखामा भएको कार्यक्रममा अबका दिनमा जुनसुकै छत्रकाेट गाउँपालिका बासी रगतकाे अभावका कारण ज्यान जाेखिममा हुने अवस्थामा निवाकरण गर्नका लागि सम्झाैता भएको हाे । पछिल्लो समयमा रगतकाे अभावका कारण धेरै मानिसकाे ज्यान समेत जाने गरेको छ । तर छत्रकाेट गाउँपालिकाले गुल्मी जिल्लामै पहिलो पटक नमुना कार्यकाे शुरूवात गरेको हाे । यस अभियानबाट समग्र छत्रकाेट बासी नागरिकहरू लाभान्वित हुने छन ।
सम्झौता कार्यक्रममा गाउँपालिकाकाे तर्फबाट गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेय र नेपाल रेडक्रस साेसाइटी रूपन्देही जिल्ला शाखाका सभापति दिपक क्षेत्रीले सम्झौता पत्रमा हस्ताक्षर गरि रक्तदान सम्बन्धि सम्झाैता गर्नु भएको हाे ।
कार्यक्रममा छत्रकाेट गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेयले गाउँपालिकाले पालिका बासी नागरिकहरूले रगतकाे अभावकाे कारण अकालमा ज्यान गुमाउन नपराेस भनी रेडक्रस रूपन्देही शाखासँग सम्झाैता गरिएको बताउनुभयो ।
अबका दिनमा छत्रकाेट बासी नागरिकहरूले उपचारका लागि रगतकाे आवश्यक परेको समयमा छत्रकाेट बासी नागरिकहरूकाे पहिचान खुल्ने कागजात वा गाउँपालिकामा जानकारी गराएमा शाखाबाट निशुल्क रूपमा रगत लिन सक्ने बताउनुभयो । उहाँले दैनिक लुम्बिनीसँगकाे कुराकानीमा उहाले भन्नू भयाे यति रगत अत्यावश्यक परेमा मसँग सिधा सम्पर्क गर्न पनि सक्नुहुन्छ ,म सँग माेबाइलमा सिधा सम्पर्क गर्दा पनि छत्रकाेट बासीकाे लागि सेवा गर्न सक्छु उहाले बताउनुभयो ।
गुल्मी जिल्लामै पहिलो पटक याे कार्यक्रम सञ्चालन गरिएकोले आगामी दिनमा समग्र छत्रकाेट बासी नागरिकहरूले रगतकाे अभावका कारण ज्यान गुमाउन नपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस साेसाइटी रूपन्देही शाखाका सभापति दिपक क्षेत्रीले हाल शाखामा आर्थिक बर्ष २०७९/८० मा ३४ पाेन्ट हजार रगत वितरण गरिएको बताउनुभयो । जस्मा शाखामा विभिन्न संघ सस्थाकाे माध्यमबाट ३० पाेन्ट हजार रगतकाे संकलन गरिएको बताउनुभयो । सरकारी अस्पतालमा लुम्बिनी प्रदेश सरकारकाे निर्देशन अनुसार रगतकाे सहज आपुर्ति गर्दै आएकाे छ ।
रूपन्देही जिल्लाकाे १६ वटा स्थानीय तहसँग सम्झाैता गरिएकाे छ । जस्मा १० गाउँपालिका र ६ वटा नगरपालिकासँग सम्झाैता गरि प्रदान गर्दै अाएकाे बताउनुभयाे । गुल्मी जिल्लामा पनि शुरूवात भएको बताउनुभयो । रेडक्रस शाखाले कपिलवस्तुमा ४ वटा नगरपालिका र १ गाउँपालिकामा समेत रक्त सम्बन्धि सेवा प्रदान गरिएको बताउनुभयाे ।
नेपाल नियमित रक्तदान संघ केन्द्रीय काेषाध्यक्ष प्रेम सुनार ( हुकुम )ले रक्तदान जीवनदान भन्ने उधेश्यलाई केन्द्र विन्दुमा राखी रेडक्रस शाखा र गाउँपालिकाले शुरूवात गरेको कार्यक्रमलाई संघले सहजीकरण गरेको बताउनुभयाे । सुनार भन्नुभयो म पनि छत्रकाेट बासी हुँ यश अभियानले छत्रकाेट बासीलाई सहज रूपमा रगतकाे आपुर्तिमा ठुलाे सहयोग पुग्नेमा विश्वस्त छु । र याे अभियानलाइ संघले पनि हातमालाे गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा नियमित रक्तदान संघका केन्द्रीय उपाध्यक्ष लेखनाथ भण्डारीले अभियानलाई लुम्बिनी प्रदेश भरिका स्थानीय तहहरूसँग हातेमालाे गरि अझ बृहत् रूपमा कार्यक्रमलाई अग्रसरता दिनुपर्ने अावश्यकता रहेको कुरामा जाेड दिनुभयाे । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत वीर बहादुर पुन,लुम्बिनी फाेटाे ग्राफीका महासचिव माधव पन्थकाे समेत उपस्थिति रहेको थियाे । कार्यक्रमकाे सञ्चालन रक्त सञ्चार केन्द्र बुटवल प्रसाशन शाखाका शाखा प्रमुख राधा ज्ञवालीकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।