बसन्त अधिकारी
मंसिर-८, गुल्मी
सघन सहरी विकास कार्यक्रम अन्तरगत मुसिकोटमा बिहिबारबाट काम सुरु भएको छ । सहरी विकास मन्त्रालयको शघन सहरी विकास कार्यक्रम अन्तर्गत आर्थिक बर्ष २०७७/७८ को बहुवर्षे योजनाको रुपमा विनियोजित ५० करोड मध्येको बजेट अन्तरगत काम सुरु भएको नेकपा एकिकृत समाजवादी गुल्मीका अध्यक्ष श्रीराम महतले बताउनुभयो ।
तत्कालिन सहरी विकास मन्त्री रामकुमारी झाक्रिको पहलमा गुल्मीका २ वटा नगरपालिकामा उक्त बजेट बिनियोजन भएको थियो । जसमध्ये रेसुङ्गा नगरपालिकामा ५० करोड र मुसिकोट नगरपालिकामा ५० करोड बजेट बिनियोजन गरिएको झाक्रिले जानकारी दिनुभयो ।
जस अन्तरगत रेसुङ्गा नगरपालिकाले नगरका भौतिक पुर्वाधार, सडक निर्माण तथा मर्मत, बसपार्क व्यवस्थापन लगायतका काममा खर्च गरिरहेको छ । भने मुसिकोट नगरपालिका बिहिबार उद्घाटन गरि अयास्फाल्ट प्रविधिबाट १४ किलोमिटर नगरका भित्री सडक कालोपत्रे गर्ने काम अगाडि बढाइएको नगरप्रमुख जीवन खरेलले बताउनुभयो ।
मुसिकोटमा सुरु गरिएको काम १८ महिनाभित्र सक्ने गरि काम अगाडि बढाइएको खरेलले बताउनुभयो ।
अधिराज्यभरका सहरहरुलाइ व्यवस्थित गर्ने उध्येश्यका साथ गुल्मीका २ नगरलाइ व्यवस्थित गर्न आफुले आफ्नो स्थानबाट उच्च प्राथमिकताका साथ बजेट व्यस्थापन गरेको मन्त्री रामकुमारी झाक्रिको भनाइ छ ।
हाललाइ सो बजेट अन्तरगत मुसिकोट नगरपालिका वडानम्बर ७ का भित्री सडक कालोपत्रे गर्ने बताइएको छ । जसको जिम्मा इन्द्र एम के जेभि निर्माण कम्पनीले लिएको इन्जिनियर सुरेन्द्र ग्यवालीले बताउनुभयो ।
काम सुरु भएसङ्गै स्थानिय हर्षित भएका छन ।

