बसन्त अधिकारी
मंसिर-१२, गुल्मी
पछिल्लो समय बित्तीय ठगि बढ्दै गएकोले सचेत रहन राष्ट्र बैंकले एक सुचनामार्फत अनुरोध गरेको छ ।
Whats apps, Viber, Imo, Massanger जस्ता मुवाइल एप वा इमेल वा फोनबाट विभिन्न किसिमका चिट्टा परेको, पुरस्कार जितेको, धनमाल फेला परेको, आपुताली सम्पत्ति फेला परेको वा छोटो समयमै धेरै प्रतिफल पाइने योजना उपलब्ध भएको जस्ता विभिन्न बहाना बनाइ सन्देश पठाइ सो रकम वा सम्पती प्राप्त गर्न केही रकम पठाउनु पर्दछ वा खाताको जानकारी दिनुपर्दछ भनी सर्वसाधारणलाई आर्थिक प्रभोलन देखाइ हुने घटना सन्सारभर हुने गरेका छन । यी सबै घटनावित्तीय ठगिका घटना हुन । पछिल्लो समय यस्ता घाटनाहरु बढि घटेकोले सतर्क रहने राष्ट्रबैंकले एक सुचना मार्फत अनुरोध गरेको छ ।
यस्ता संदेशबाट विश्वास गर्ने, हुँदै नभएको वा आफुले भाग नलिएको चिठ्ठा वा पुरस्कार जितेको कुराको पछि लाग्ने वा चिन्दै नचिनेको मान्छेको झुटो कुराको विश्वास गरि लह लहैमा लागेर पैसा पठाउने वा खाताको विवरण उपलब्ध गराउने कार्य नगरौ । वित्तीय ठगिबाट आफू पनि बचौ र अरुलाइ पनि बचाऔ सुचनामा उल्लेख छ ।
यसै विषयमा हामी ग्लोवल आइएम ई बैंक मुसिकोट वामी गुल्मीका प्रवन्धक बिष्णु कुवरसङ छलफल गर्दा मुवाइलमा आउने ओपिडी कोड, पासपोर्ट जस्ता प्रसनल कुराहरु कसैलाइ शेयर नगर्न समेत आग्रह गर्नुभयो ।
तपाईं हाम्रो गाउँ घरमा पनि यस्ता घटनाहरु यदा कदा सुन्नमा आएकाले सबै सतर्क रहौ ।