बसन्त अधिकारी
मंसिर-१५, गुल्मी
भानु बोर्डिङ्ग स्कुल शान्तिपुर गुल्मीको आयोजना, चन्द्रकोट शान्तिपुर प्रहरी चौकीको समन्वय र स्थानिय बासिन्दाहरुको सहभागितामा आज गुल्मीको चन्द्रकोटमा मानव हिंसा समन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ । पछिल्लो समय हिंसा र हत्याका घटना भैरहेकोले सचेतना कार्यक्रम गरिएको भानु बोर्डिङ स्कुलका प्रधानाध्यापक सरोज गुरुङले बताउनु भयो ।
कार्यक्रममा बाल बालिका हिन्सा अपराध र सजाय, बोक्सि आरोप लगाउनु, अपराध र सजाय, छाउपडि प्रथा मान्नु अपराध र सजाय, दाइजो प्रथा अपराध र सजाय समन्धी सचेनताका सुचना बनाएर प्रभावकारी तरिकाले सचेतना गराइएको छ ।
स्मरण रहोस गत कार्तिक १७ गते चन्द्रकोट ४ शान्तिपुरकी १५ बर्षिय मनिसा रुचाललाइ बलात्कार पछि हत्या गरिएको थियो, हत्यारा बाकेको खजुरा गाउँपालिका ७ का २३ वर्षीय रहिस खा लाई कारागार चलान गरिएको छ ।