छड्के संवादाता/ गुल्मी
मुसिकोट बचत तथा ऋण सहकारी संस्था लि. मुसिकोट-३, गुल्मीको चौथो वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।
सभामा संस्थाका अध्यक्ष कर्ण बहादुर घर्ती क्षेत्रीले अध्यक्षको प्रतिवेदन र लेखा सुपरिवेक्षण समिती संयोजक बसन्त अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
स्थापनाको छोटो समयमा गुल्मीको मुसिकोटमा आफ्नो छुट्टै पहिचान बनाउन सफल यो सहकारीले आ.व. २०७९/०८० मा शेयर सदस्यलाइ ६% लाभांश र ४ % संरक्षित पूंजी फिर्ता कोष वितरण गर्ने संस्थाका अध्यक्षद्दारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यस बचत तथा ऋण सहकारी संस्था लि. मुसिकोट-३,गुल्मीको मिति २०८० मंसिर १२ गते बसेको संचालक समितिको बैठकले यस संस्थाको चौथो वार्षिक साधारण सभा यहि मिति २०८० पौष ७ गते सनिवार सम्पन्न गर्ने निर्णय गरेको थियो।
चौथो वार्षिक साधारण सभामा अध्यक्षद्वारापेश गरिएका तपसिलका प्रस्ताव हरु अनुमोदन भएको संस्थाका प्रवन्धक बुद्ध बहादुर पाण्डेले बताउनु भयो ।
१) संचालक समितिको तर्फबाट अध्यक्ष ज्यूबाट प्रस्तुत वार्षिक प्रतिवेदन अनुमोदन सम्बन्धमा ।
२) लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा संयोजक ज्यूबाट प्रस्तुत आर्थिक प्रतिवेदन अनुमोदन सम्बन्धमा ।
३) चालू आ.व. ०८०/०८१ को प्रस्तावित बजेट, नीति तथा कार्यक्रम अनुमोदन सम्बन्धमा ।
४) आ.व. ०७९/०८० को वार्षिक नगद प्रवाह, नाफा-नोक्सान, वासलात सहितको लेखापरीक्षण प्रतिवेदन अनुमोदन सम्बन्धमा ।
५) आ.व. ०८०/०८१ को लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक तोक्ने सम्बन्धमा ।
६) संचालक समितिले निर्णय गरे बमोजिम आ.व. ०७९/०८० मा ६% लाभांश र ४% सरक्षित पुजी कोष वितरण गर्ने निर्णय अनुमोदन सम्बन्धमा ।
७) आ.व. ०७९/०८० मा संचालक समिति र विभिन्न उप- समितीहरुले गरेका विभिन्न निर्णयहरु अनुमोदन सम्बन्धमा ।
८) समयानुकुल संस्थाले बनाएका तथा संशोधन गरिएका नीति तथा कार्यबिधिहरु अनुमोदन र आगामी बर्षका लागि नयाँ नीति तथा कार्यबिधिहरु निर्माणका लागि अख्तियारी सम्बन्धमा ।
९) संचालक समिती विदाइ तथा स्वागत सम्बन्धमा ।
१०) विविध
कार्यक्रममा संस्थामा नियमित वचत राखेर सबैभन्दा बढी ब्याज आर्जन गर्ने २ सदस्य, मुद्द्ती खातामा वचत गर्ने २१ सदस्य, संस्थाबाट ऋणलगेर समयमै किस्ता ब्याज बुझाउने २० सदस्यलाई सम्मान पत्रले सम्मान गरिएको थियो भने ७० वर्ष पूरा गरेका सदस्यहरु हिम कुमारी पान्डे, डम्बर बहादुर थापा र प्रेम बहादुर रायमाझीलाइ जेष्ठ सदस्यका रुपमा सम्मानपत्र र चिसो हुदा सेक्न मिल्ने विधुतिय हट ब्याग समेत प्रदान गरि सम्मान गरिएको संस्थाका सदस्य बिमल छन्तेलले बताउनु भयो ।
संस्थामा रिक्त रहेका ४ संचालक समिती सदस्य पदमा देव बहादुर रायमाझी, लक्ष्मी परीयार, सीता सिंह ठकुरी र थम्मन बहादुर घिमिरे क्षेत्रीलाई भेलाले अनुमोदन गरि चयन गरेको अध्यक्ष घर्ती क्षेत्रीले बताउनु भयो ।
संस्थाका अध्यक्ष कर्ण बहादुर घर्ती क्षेत्रीको अध्यक्षता, जिल्ला समन्वय समिती सदस्य सावित्रा भण्डारीको प्रमुख आतिथ्यता र सदस्य असोक सोमैको संचालनमा सम्पन्न उक्त कार्यक्रममा शेयर सदस्य, संघ संस्था प्रमुख, पत्रकार, समाजसेवी, वुद्दिजिवी लगाएतको उपस्थिती रहेको थियो र कार्यक्रम मुसिकोट ३ ठुलोपोखरामा सम्पन्न भएको थियो ।