गुल्मी
चन्द्रकोट गाउँपालिका, गुल्मीको स्थानीय पाठ्यक्रममा आधारित आधारभूत तह कक्षा १-८ का स्थानीय पाठ्यपुस्तक ‘हाम्रो चन्द्रकोट’ को एक कार्यक्रमका विच विमोचन गरिएको छ।
गाउँपालिकाद्वारा आयोजित स्थानीय पाठ्यपुस्तक विमोचन कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्री, गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्री, उपाध्यक्ष विष्णु प्रसाद भण्डारी, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लोकनाथ मरासिनी लगायतका अतिथिहरुद्वारा स्थानीय पाठ्यपुस्तक ‘हाम्रो चन्द्रकोट’ सयुक्त रूपमा पाठ्यपुस्तकको विमोचन गरिएको थियो।
विमोचन कार्यक्रम गाउँपालिका अध्यक्ष क्षत्रीको अध्यक्षता, जिल्ला समन्वय समिति गुल्मीका प्रमुख खत्रीको प्रमखु आतिथ्यता, गाउँपालिका उपाध्यक्ष भण्डारी, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मरासिनी, वडा अध्यक्षहरू तथा कार्यपालिका सदस्यहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, विद्यार्थी लगायतको उपस्थिति भएको थियो।
नेपालको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले गरेको व्यवस्था अनुसार स्थानीय पाठ्यक्रममा आधारित कक्षा १ देखि कक्षा ८ सम्मका स्थानीय पाठ्यपुस्तक ‘हाम्रो चन्द्रकोट’ निर्माणले स्थानीय राष्ट्रिय पाठ्यक्रमले समेट्न नसकेका स्थानीय विषयवस्तुको बोध गराउन सघाउ पुग्ने अपेक्षा लिइएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति गुल्मीका प्रमुख खत्रीले बताउनु भयो।
विमोचन कार्यक्रममा लेखन तथा सम्पादन मण्डललाई दोसल्ला तथा प्रशंसा पत्रद्वारा सम्मानित समेत गरिएको थियो।
स्थानीय पाठ्यपुस्तकको माध्यमबाट चन्द्रकोट गाउँपालिकाका स्थानीय भूगोल, प्राकृतिक श्रोत र साधन, धर्म संस्कृति तथा सामाजिक विविधता, स्थानीय पेसा, परम्परागत सिप र जीविकोपार्जनका आधार, विकासका पूर्वाधार, स्वास्थ्य पोषण र प्राथमिक उपचार, प्रकोप जोखिम व्यवस्थापन र हरित विद्यालय, गाउँपालिकाको दिगो विकासका अभ्यास, सम्भाव्यता र नवीनतम प्रविधि आदि जस्ता विषयवस्तु समेटिएको पाठ्यपुस्तक लेखन तथा सम्पादन मण्डलका संयोजक एवम् शिक्षा अधिकृत नयन सिंह ठकुरीले जानकारी दिनुभयो। रेडियो श्रृङेश्वर