गुल्मी / मुसिकोट युवा क्लबले मुसिकोट- ४, हलोगाडेमा संचालन गरेको हाट बजार थप ब्यवस्थित हुँदै गएको छ ।
हरेक महिनाको अन्तिम शुक्रवार जस्तै यो महिनाको अन्तिम शुक्रवार २७ गते नौमति बाजाको साथै अन्य सास्कृतिक कार्यक्रम प्रस्तुती सहित हाट बजार संचालन गरिने क्लबका सह कोषाध्यक्ष निसान सारु मगर “बिष्णु ” ले बताउनु भयो ।
स्थानिय उत्पादनलाई बजारीकरण गर्ने उदेश्यले गत असोज २६ गतेदेखी संचालनमा आएको हाटबजार थप ब्यवस्थित गर्न लागिएको हाटबजार संयोजन तथा मुसिकोट युवा क्लबका उपाध्यक्ष दिनेश सिंह ठकुरीले बताउनु भयो ।
हरेक महिनाको अन्तिम शुक्रबार हाट बजार गर्दै आईरहेको र
सुरुका दिनमा भन्दा अहिले स्थानीय किसानहरुले आफुले उत्पादन गरेका तरकारी, फलफुलका तथा दैनिक उपभोगका सामानहरु बेचबिखन गर्न ल्याउने र आफू सङ नभएका सामानहरु खरिद गरेर लैजाने क्रम बढेको साथै अन्य आवस्यक सामाग्रीको किनबेच भै रहेको मुसिकोट युवा क्लब, समन्वय समिती मुसिकोट-४, का अध्यक्ष सागर शाहीले बताउनु भयो ।
हरेक महिनाको अन्तिम शुक्रबार हाटबजारमै फरक फरक आकर्षणका कार्यक्रम समेत गर्दै आएकोले व्यापारी तथा ग्रहणहरु विभिन्न मनोरञ्जन गर्दै किनबेच गर्न पाउने भएकोले पनि अत्यन्तै खुसी भएको स्थानिय व्यापारी पदम प्रसाद घिमिरेले बताउनु भयो ।
स्थानिय किसानका उत्पादन बिक्री भएको र आफू सङ नभएको सामान खरिद गर्न पाएकोमा स्थानिय समाजसेवी यम बहादुर पल्लीले क्लबलाइ धन्यबाद दिदै खुसी ब्यक्त गर्नु भयो ।
आफुले उत्पादन गरेका हरेक सामाग्रीहरु हाटबजारमा लिएर बेच बिखन गर्न तथा आफुलाई आवस्यकता पर्ने सामाग्री खरिद गर्न साथै नौमती बाजा र सास्कृतिक कार्यक्रममा अवलोकन गर्न उपस्थितिको लागि सम्पुर्ण नागरिकहरुलाइ क्लबले अनुरोध समेत गरेको छ ।