गुल्मी: केही समय अघीसम्म बुटवल लाईसेन्स कार्यालयमा केही मान्छेहरुको निकै रजगज चल्थ्यो, पैसा बुझाउन सक्नेहरुको लाईसेन्स घरमै आउथ्यो भने हाकिमहरुको सरुवा पिउनहरुको निर्णयमा भर रह्न्थ्यो । तर समय सधै उस्तै हुदैन, पाप धुरीबाट कराउछ नै । पैसाको चलखेलमा ट्राफिक प्रहरी, कर्मचारी र केही बिचौलिया मिलेरपरीक्षा पास नगरेकालाई बिचौलियाको माध्यमबाट सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण गरिएको अवधिमा यातायात व्यवस्था विभागका कर्मचारीको खातामा अस्वाभाविक रकम देखिएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ । तत्कालिन कार्यालय प्रमुख उपसचिव केशव अर्यालको खातामा कम्प्युटर अपरेटर लक्ष्मण पाण्डेले जम्मा गरेको अढाई करोड रुपैयाँको स्रोतबारे विभागले अनुसन्धान सुरु गरेको बारे नागरिकमा खबर छ ।
बुटवल यातायात कार्यालयका कम्प्युटर अपरेटर लक्ष्मण पाण्डेले उपसचिव केशव अर्यालको खातामा अढाई करोड रुपैयाँ जम्मा गरेको देखिन्छ । त्यस विषयमा अनुसन्धान थालिएको छ’, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सम्बद्ध स्रोतले भन्यो । अनियमित तरिकाले लाइसेन्स वितरण गरिएको विषयमा यातायात व्यवस्था विभाग स्वयंले छानबिन गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप छानबिनका लागि प्रतिवेदनसहितका विवरण बुझाइसकेको अवस्थामा सम्पत्ति शुद्धीकरण विभागले पनि यसमा चासो राखेर अनुसन्धान थालेको समाचार नागरिकमा उल्लेख छ ।
यस अघी कर्मचारीको सरुवा मा समेत करोडौ रकम चलखेल गरेको भन्दै केही दिन हाजिर भएका कार्यालय प्रमुखको समेत मिलेमतोमा सरुवा गरिएको थियो । यातायात कार्यालयको अनुकुलतामा मन्त्री समेत नभएमा मन्त्री नै परिवर्तन गर्ने ल्याकत कर्मचारीले राख्ने गरेको यस अघी समाचारहरु आईरह्न्थे । अनुसन्धान बैकमा जम्मा भएको रकमको मात्रै नभएर अन्य सम्पतिमाथी पनी गर्न लागेको एक अधिकारीले बताए ।
उनका अनुसार, कर्मचारीमात्रै नभएर केही बिचौलीया र ट्राफिक प्रहरीका अधिकारीहरुमाथी पनि आन्तरिक अनुसन्धान चलिरह्को छ । पैसाकै चलखेल नमिलेपछी लामो समयदेखी यातायात कार्यलय हाकिमविहिन छ ।
पछिल्लो समय यातायात ब्यबस्था बिभागको बारे चलखेलमा लाईसेन्स पास गर्ने र बितरण गर्ने सम्बन्धी अनुसन्धान चलिरहेको छ । अनलाइन खवर