गुल्मी: लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित विष्णु कुमारी सापकोटालाई मुसिकोट २/३ र ४ मा भब्य सम्मान गरिएको छ ।
माघ २५ र २७ गते मुसिकोट नगरपालिका २/३ र ४ मा छुट्टाछुट्टै कार्यक्रम गरि सम्मान गरिएको हो ।लुम्बिनी प्रदेश गाठबन्धनको तर्फबाट नेकपा माओबादी केन्द्रका झक्कु प्रसाद सुवेदी र नेपाली काङ्ग्रेसकी विष्णु कुमारी सापकोटा राष्ट्रिय सभा सदस्यमा विजयी भएका हुन ।
सापकोटा सानै उमेरदेखी खरो र स्पस्ट बोल्ने, जनताको भावना अनुसार कार्यक्रम अगाडि बढाउने र अनुशासित भएर राजनिती महिला नेतृत्वको रुपमा आफुलाई स्थापित गर्दै आउनुभएको छ ।
सापकोटा राजनीतिका क्रममा धेरै संर्घष गरेकी महिलाका रुपमा चिनिनुहुन्छ उहाँ नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ , महिला संजाल, पार्टी जिल्ला समिती गुल्मी हुँदै अहिले लुम्बिनी प्रदेश सदस्य पदमा रहि काम गर्दै आउनु भएको छ ।
नेपाली काङ्ग्रेसले राष्ट्रिय सभा सदस्यमा टिकट दिएपछि उहाँलाई गठबन्धन समर्थन गरि लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा महिला उम्मेदवार बनाएको थियो ।
आफुलाई सम्मान गर्ने कार्यक्रममा सापकोटाले “काम गर्नु फलको आशा नगर्नु” भन्ने सिद्धान्त अनुसार मैले बफदारीपुर्वक काम गरे जसको फल अहिले मेरो पार्टी र सिङ्गो गठबन्धनले विश्वास गरेर मलाई यहाँसम्म आउने अवसर दिनुभयो मेरो जन्मभूमिको माटोको कसम खादै भन्छु नेपालमा नराम्रो एन बनाउन दिने छैन र जन्मभुमीलाई अप्ठ्यारो पर्न दिने छैन भन्दै भावुक समेत हुनु भयो ।
उहाँ अविबाहित महिला हो, बोल्ने क्रममा गहभर आँसु झार्दै थप्नुभयो मेरो परीवार भनेकै जनता हो मलाई ब्यक्तिगत स्वार्थ केहि गर्नु छैन मलाई पैसा कमाउनु पनि छैन म जे गर्नेछु यहि समाजका लागि गर्नेछु ।