मुसिकोट युवा क्लब र लुम्बिनी वामी हस्पिटल प्रा.लि. को संयुक्त आयोजनामा यहि फाल्गुण १२ गते शनिवार मधुमेह (सुगर) का बिरामीलाई निशुल्क चेकजाँच तथा डाक्टर परामर्श हुने भएको छ ।
समाज परिवर्तनका लागि युवा सशक्तीकरण भन्ने मुल उदेश्यका साथ अगाडि बढी रहेको मुसिकोट युवा क्लबको प्रथम अधिवेशन तथा दोस्रो साधारण सभाको अवसर पारेर क्लब र हस्पिटल मिलेर कार्यक्रम गर्न लागिएको हस्पिटलका व्यवस्थापक दिपेन्द्र ज्ञावलीले बताउनु भयो ।
मुसिकोट युवा क्लबको स्थापनाको अवसरमा १२ देखि १७ सम्म गरिने एक हप्ते कार्यक्रमको पहिलो दिन हामीले सुगर रोगीहरुलाई लक्षित गरि यो कार्यक्रम गर्न लागेका हौं हस्पिटलका व्यवस्थापक अहेव रोशन सेनले बताउनु भयो ।
मुसिकोट युवा क्लबले आफ्नो स्थापनाका अवसरमा फाल्गुण १२ देखि १७ सम्म मुसिकोटका विभिन्न वडाहरुमा कार्यक्रम गर्ने क्लबका महासचिव विष्णु प्रसाद आचार्य (चकित) ले बताउनु भयो । फाल्गुण १७ गते हाम्रो स्थापनाको दिन हो यो अवसरमा १२ गते हाम्रो क्लबको प्रथम अधिवेशन र निशुल्क सुगर परिक्षण राखेका छौ भने अन्य दिनहरुमा यस्तै मानव जिवनसङ जोडिएका महत्वपूर्ण कार्यक्रमहरु गर्ने उहाँले बताउनु भयो ।