बसन्त अधिकारी, मुसिकोट गुल्मी:
मुसिकोट नगरपालिकाले नगरलाई समृद्ध बनाउन नयाँ कार्यक्रम लिएको छ । कृषिप्रधान देश नेपालको कृषि जन्य पकेट क्षेत्रका रुपमा चिनिने मुसिकोट नगरपालिकाका कुनै पनि कृषिजन्य क्षेत्र बाझो नराख्ने उदेश्यले नागरीकको जग्गा नगरपालिकाले लिजमा लिई कृषि गर्ने भएको छ ।
२०८१ जेष्ठ २० गते प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरीद्वारा हस्ताक्षरीत सुचनामा मुसिकोट भित्रका कृषियोग्य जमिन निशुल्क वा न्युनतम मुल्यमा लिजमा दिन ईच्छुक नागरीकले सुचना प्रकाशित मितिले ७ दिनभित्र कृषि शाखामा निवेदन दिनका लागि आग्रह गरिएको छ ।
“कृषियोग्य जमिन लिज” कार्यक्रम कार्यान्वयनार्थ २०८१ जेष्ठ १६ गते बसेको कार्यपालिका बैठकले नागरिकका जमिन लिजमा लिने निर्णय गरेको थियो ।
जेष्ठ २० गते नै सुचना प्रकाशित गरि विभिन्न वडामा तपशिल निर्माण कार्य गर्नका लागि नागरीकलाई निशुल्क जग्गा उपलब्ध गराउनका लागि समेत अनुरोध गरि वडा कार्यालयमा ७ दिन भित्र निवेदन दिन आग्रह गरिएको छ ।
तपशिल
मुसिकोट नगरपालिकामा पुराना योजनाहरु सम्पन्न हुने चरणमा छन भने धेरै नयाँ ठुला तथा साना योजनाहरुको शुरुवात भै रहेको योजना शाखा प्रमुख प्रकाश घिमिरेले बताउनु भयो ।
जब जब जनतालाई सार्वभौमता प्रदान गरिन्छ जनताहरु समाज निर्माणका लागि एकढिक्का भएर अगाडि बढेका धेरै उदाहरणहरु छ्न हामी सबै मिलेर समृद्ध मुसिकोट निर्माण जुट्नु आजको आवश्यकता हो ।