सरिता पौडेल, मुसिकोट गुल्मी
विश्व वातवरण दिवसको अवसरमा आज मुसिकोट युवा क्लब को सकृयता, Badagaun Gyankuja E. Boardig school को सहयोगमा र थुम लाली गुराँस संरक्षक समितीको सहकार्यमा लालीगुराँस पार्क मुसिकोट-३, थुम परिसरमा बृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ ।
गुल्मीकै धेरै लाली गुराँस पाईने ठाउँका रुपमा परिचित थुम लाली गुराँस पार्कमा लाली गुराँस फुलेको समयमा लाली गुराँस महोत्सव समेत गर्दै आईरहेको थुम लाली गुराँस संरक्षण समितिका कोषाध्यक्ष हिमाल कार्कीले बताउनु भयो ।
“हाम्रो भुमी, हाम्रो भविस्य” भन्ने मुल नाराका साथ विश्व वातावरण दिवस मनाउदै गर्दा मुसिकोटमा मुसिकोट युवा क्लबले यो उदारणिय काम गरेको हो ।
लाली गुराँस पार्कमा मुसिकोट युवा क्लबको सकृयतामा लालीगुराँसका बिभिन्न प्रजाति, पारिजात, कल्की, चिउरी, केरा, धुपी, फलफुल तथा अन्य बिभिन्न बिरुवाहरु र रोपिएको मुसिकोट ३ का वडा सदस्य थम्मन बहादुर घिमिरे क्षेत्रीले बताउनु भयो ।
मुसिकोट युवा क्लबले प्रकृतिक तथा सास्कृतिक सम्पदाको संरक्षण, बीउ बचाउ अभियान, रुख रोपौ जीवन बचाउ अभियान, सरसफाई अभियान, स्वास्थ्य, शिक्षा, जनचेतना, उत्प्रेरणा, सिपमुलक तालिम संचालन गर्दै आईरहेका र आज विश्व वातावरण दिवसको अवसरमा मुसिकोटको गौरव थुमा लाली गुराँस पार्कमा बृक्षरोपण कार्यक्रम संचालन गरेको मुसिकोट युवा क्लबका अध्यक्ष तथा Badagaun Gyankunja E. Boarding School का प्रध्यानध्यापक वसन्त अधिकारीले बताउनु भयो ।
थुम लाली गुराँस पार्क मुसिकोटकै सबैभन्दा सुन्दर र गुराँस पाईने ठाउँको रुपमा परिचित छ ।
असार, साउन र भदौ महिना बोट बिरुवा रोप्ने महिना भएकोले सबैले आफ्नो आफ्नो ठाउँ लाई रमणीय र सुन्दर बनाउन रुख रोप्नका लागि क्लबले सबै नागरिकहरुलाई अनुरोध समेत गरेको छ ।