मुसिकोट । गौदी खोलाले मानिस बगाएको छ । प्रत्यक्षदर्शी हेमराज गैरेका अनुसार गलकोट नगरपालिकावडा नम्वर २ नरेठांटीको झुलुङ्गे पुलमुनी मानिस बगिरहेको देखिएको थियो । गलकोट नगरपालिका वडा नम्वर १ को दुदिलाभाटीबाट मानिसलाई बगाएको भन्ने प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ ।
केही समय पुल मुनि देखिएको र त्यसपछि तल तिर बगाएको प्रत्यक्षदर्शीले बताएका छन् । अहिले गलकोट नगरपालिका ८ को पचुवादेखि तल दरमखोलामा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
नरेठांटीबाट बगाएको देखेपछि पछि पचुवामा देखिएको स्थानियको भनाई अनुसार खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ । कसलाई बगाएको हो यकिन भएको छैन ।
अहिले खोजी तथा उद्धारकालागि प्रहरी, स्थानिय लगायतका सरोकारवालाहरु गलकोट नगरपालिकाको दरमखोलामा परिचालन भएका छन् ।