गुल्मी: तोलादी संस्कृति संरक्षण मञ्चद्वारा यहि भदौ १५ गते खुल्ला मौलिक तीजगीत प्रतियोगिता तथा तीज मेला-२०८१ आयोजना हुन गइरहेको छ। प्रतियोगिता मुसिकोट नगरपालिका-३, तोलादी स्थित तोलादी प्राथमिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुने बताइएको छ।
मुसिकोट-३, तोलादीका समाजसेवी र युवाहरुको सक्रियतामा आयोजना गर्न लागिएको प्रतियोगिताको संयोजकत्व युवा समाजसेवी वसन्त अधिकारीले गरिरहनुभएको छ। प्रतियोगितामा सहभागी हुने टिममा वाद्यवादक सहित बढिमा १० हुनुपर्ने र गीत मौलिक संस्कृति झल्किने, समसामयिक, नारी सचेतना मुलक हुनुपर्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने समूहलाई क्रमशः रु. ८,८८८/-, रु. ६,६६६/-, रु. ४,४४४, रु. २,२२२/- नगद पुरस्कारका साथै प्रमाणपत्र प्रदान गरिने बताइएको छ। उत्कृष्ट नृत्य, गायन र वाद्यवादन गर्ने व्यक्तिलाई जनही रु. एक हजार प्रदान पनि गरिनेछ। ओझेलका खवर डट कम