विष्णुप्रसाद आचार्य ‘चकित’
६० औ राष्ट्रीय बाल दिवसको अवसरमा गुल्मीको मुसिकोट नगरपालिकाद्वारा आयोजित अन्तर विद्यालय स्तरीय प्रतियोगितात्मक लोक सास्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
मुसिकोट नगरपालिका वडानम्बर ७ वामीटक्सारमा अवस्थित महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयको सभाहलमा भएको कार्यक्रममा नगरपालिकाभित्रका १३ विद्यालयको सहभागिता रहेको थियो ।
बालबालिकाको रचनात्मक क्षमताको विकाश, आफ्ना अधिकारको जानकारी गराउदै सम्रक्षण गर्ने गराउने, बालश्रम र बालशोषण बिरुद्द आवाज बुलन्द गर्ने गराउने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले विशेष अतिथिको रुपमा बोल्दै बालबालिकाको अधिकार सुनिश्चित गर्न आयोजित कार्यक्रमले टेवा पुराउने अपेक्षासहित कार्यक्रमको सफलताको शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै मुसिकोट नगरपालिका उपप्रमुख गङ्गा श्रेष्ठले बालबालिकाको अधिकार सुनिश्चितताको लागि सरोकारवाला सबैले ध्यान दिन जरुरी रहेको भन्दै आगामी दिनमा बालश्रम र बालशोषण अन्त्य हुने विश्वास ब्यक्त गर्नुभएको थियो ।
आयोजित कार्यक्रममा प्रथम जनजागृति माध्यमिक विद्यालय मुसिकोट ३ बडागाउ , द्वितिय नेपाल राष्ट्रीय सर्वोदय माध्यमिक विद्यालय मुसिकोट १ पौदिअ्मराइ , तृतीय त्रीभुवन माध्यमिक विद्यालय मुसिकोट ६ कुर्घा भुवाचिदी र सान्तवना पृथ्वी माध्यमिक विद्यालय मुसिकोट ३ बडागाउ मैदान भएका छ्न भने सहभागिता बापतको पुरस्कार सम्पुर्ण विद्यालयलाइ प्रदान गरिएको थियो ।
हाल मुसिकोट नगरपालिका भित्रका विद्यालयहरुमा जम्मा ८ हजार विद्यार्थीले अध्ययन गर्ने गरेको र कार्यक्रममा १ सय भन्दा बढी विद्यार्थीहरु सहभागी भएको मुसिकोट नगरपालिका शिक्षा शाखा अधिकृत प्रकाश नेपालीले जानकारी दिनुभयो ।
सामाजिक विकाश समिति सम्योजक ऋषिश्वर अर्यालको अध्यक्षता रहेको कार्यक्रमको सन्चालन शिक्षा शाखा अधिकृत प्रकाश नेपालीले गर्नुभएको थियो ।