मङ्सिर १६ गते हुने उप निर्वाचनमा गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ वडाध्यक्ष पदको उमेदवारमा ८ जनाको उम्मेदवारी दर्ता भएको छ ।
तिन ठुला दलहरु नेपाली काङ्ग्रेसबाट आनन्द श्रेष्ठ , नेकपा एमालेबाट दल बहादुर थापा र नेकपा माओवादी केन्द्रबाट दुर्गा बहादुर बिकको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत युवराज गौतमले जानकारी दिए । उदाउदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) बाट विकास थापाले वडाध्यक्षमा पदमा उम्मेदवार दिएका छन, उनी विगतमा नेकपा एमालेका सक्रिय कार्यकर्ता हुन ।
राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट ईस्वरी खातिको उम्मेदवार परेको छ भने स्वतन्त्र नागरिकको तर्फबाट कोमानन्द खरेल , कुल बहादुर थापा र योगेन्द्र खरेलले उम्मेदवारी दिएका छ्न ।
नेपालमा राजनितिक दलहरु पछिल्लो समय सत्ता र कुर्चीका लागि जस्तो सुकै निच ब्यवहार पनि गर्ने र भ्रष्टचारले गर्दा देश नै संकटमा पर्ने अवस्था आएकोले स्वतन्त्र नागरिकको तर्फबाट उम्मेदवारी दिएको स्वतन्त्र उम्मेवारले बताएका छ्न ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजबादीको तर्फबाट साझा उम्मेदवार रहेका दुर्गा बहादुर बि.क. पुराना कम्युनिस्ट नेता हुन ।
तिन प्रमुख दलका तिन वटै उम्मेदवार प्रभावशाली स्थानिय समाजसेवी हुन । एमाले उम्मेदवार थापा पुर्व वडा सदस्य समेत रहेका हुन भने नेपाली काङ्ग्रेसका श्रेष्ठ प्रत्यक्ष जनतासङ जोडिएर स्वास्थसेवा दिईरहेका युवा उम्मेदवार हुन ।
रास्वपाका उम्मेदवार बिकास थापा नयाँ पुस्ताबाट आएका स्थानिय युवा हुन भने स्वतन्त्र नागरिकको तर्फबाट उम्मेदवारी दिएका ब्यक्तिहरु पनि उत्तिकै अब्ब्ल समाजसेवी हुन ।
मुसिकोट १ मा गत स्थानीय तहको निर्वाचनमा ३ हजार ८०८ मतदाता थिए भने यस निर्वाचनमा ४ हजार ९१ मतदाताले मतदान गर्न पाउने निर्वाचन अधिकृत ऋषि घिमिरेले बताए ।
गत निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार नेपाली काङ्ग्रेसका मोहन घिमिरेले ११८२ मत लिएर वडाध्यक्ष पदमा विजय गरेका थिए भने नेकपा एमालेका नारायण बहादुर थापाले ११४३ मत प्राप्त गरेका थिए ।
विगतको निर्वाचनमा जस्तै यो निर्वाचनमा पनि तिन वटा मतदान स्थल र ५ वटा केन्द्र हुनेछ्न । अहिले तिन प्रमुख दल एक्लाएक्लै चुनाव लडेकोले यि तिन वटै दल बिच कडा प्रतिस्पर्धा हुने मनोनयन दृश्यले देखाउथ्यो भने उदाउदै गरेको रास्वपाको पनि भित्री मत आउने देखिएको छ, नागरिक सचेत भैसकेको अवस्थामा स्वतन्त्र उम्मेद्वारले पनि जित हासिल गर्न सक्ने उत्तिकै संभावना रहेको देखिन्छ ।
मनोनयन स्थल र पार्टीका चुनावी सभामा पुग्दा स्थानिय कार्यकर्ताको कम चासो देखिएको थियो भने अन्य वडा र पालिकाबाट नेताकार्यकर्ताहरु आएर भिडभाड गरेको देखिन्थ्यो । नेकपा एमाले र नेपाली काङ्ग्रेसले नौमती बाजासहित तामझामले मनोनयन गरेको छ भने नेकपा माओबादी केन्द्र, रास्वपा तथा स्वतन्त्र उम्मेदवारले सरल तरिकाले दर्ता गरेका छ्न ।
एमालेको चुनावी सभामा सो पार्टिका सचिब गोकर्ण बिष्ट , केन्द्रिय सदस्य गणेश खनाल, केन्द्रीय सदस्य तथा प्रदेश मन्त्री दिनेश पन्थी , जिल्ला अध्यक्ष बालसिङ काउछा लगायतका नेताहरुले आफ्ना कुराहरु राखेका थिए भने उम्मेदवार दल बहादुर थापाले प्रतिवद्दता मन्तब्य प्रस्तुत गरेका थिए । काङ्ग्रेसको सभामा केन्द्रिय सदस्य उर्मिला थपलिया , लुम्बिनी प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठ , जिल्ला पार्टि सभापति खिलध्वज पन्थी , युवा नेतृ तथा राष्ट्रिय सभा सदस्य बिष्णु कुमारी सापकोटा लगायतले मन्तव्य राखेका थिए ।
माओवादीले केन्द्रको चुनावी सभामा केन्द्रिय सदस्य बिर बहादुर कार्की, जिल्ला पार्टी संयोजक तेजेन्द्र सलामी , सचिब अशोक थापा , लुम्बिनी प्रदेश सचिवालय सदस्य बुद्धि जिसि, युवराज केसी , भुपाल पोख्रेल , देविराम अर्याल ,खुम बहादुर थापा लगायत सहभागी थिए । सभालाई नेता जिसि र एकीकृत समाजबादिका जिल्ला अध्यक्ष युवा नेता श्रीराम महतले सम्बोधन गर्दै माओबादी केन्द्रका उम्मेदवार बिक समाजबादी मोर्चाका साझा उमेदवार रहेको घोषणा गरेका थिए ।
पुर्व वडाध्यक्ष मोहन घिमिरेको २०८० भाद्र २ गते ३६ बर्षको उमेरमा रुखमा झुण्डिएको अवस्थामा मृत्यु भएको