दोस्रो मुसिकोट महोत्सवमा आयोजित भलिबल प्रतियोगिताको उपाधी मुसिकोट युवा क्लबले लिन सफल भएको छ । गल्कोट भलिबल टीमलाई शुन्यका बिरुद्ध ३ गेम गर्दै मुसिकोट युवा क्लब प्रथम स्थान हासिल गरेको मुसिकोट युवा क्लबको उपाध्यक्ष सपना रायमाझीले बताउनु भयो ।
पौष १२ गतेदेखि संचालन भएको दोस्रो मुसिकोट महोत्सवमा मुख्य कार्यक्रमको रुपमा खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको थियो जसमा प्रथम पुरस्कार रु २०१००० कओ मेडल र प्रमाणपत्र, द्दितिय पुरस्कार रु १०१००० कप मेडल र प्रमाणपत्र, तृतीय पुरस्कार रु ५१,००० कप मेडल र प्रमाणपत्र र सान्तवना पुरस्कार रु २५,००० कप मेडल र प्रमाणपत्र राखिएको थियो । मुसिकोट युवा क्लबले रु २,०१,००० कप मेडल र प्रमाणपत्र हात पार्न सफल भएको छ ।
प्रधान सम्पादक : वसन्त अधिकारी / सम्पर्क : ९८५७०६४२५२ / info.chhadkenews@gmail.com

