बसन्त अधिकारी, गुल्मी ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा संचालनमा आउदै गरेको पाठेघरको मुखको क्यान्सर विरुद्धको ( एच.पि.भि) खोप मुसिकोटमा माघ २२ गतेदेखी लगाईने भएको छ ।
कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने र विद्यालय बाहिर रहेका १० वर्षदेखिब१४ वर्षसम्मका किशोरीहरुलाई खोप दिन लागिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख डि.बि. जि. सी. ले बताउनुभयो ।
मुसिकोटका ९ वटै वडाका स्वास्थ्य चौकीबाट खोप समिती तथा सरकारवालासङ समन्वय गरि यो अभियानलाई सफल बनाउन तयारी गरिएको समेत शाखाले जनाएको छ ।
आगामी प्रत्येक वर्ष फाल्गुन महिनामा यो खोप लगाइनेछ । यो वर्ष मुसिकोटमा २९ वटा खोप केन्द्रबाट १२२६ जना लक्षित वर्ग भित्रका किशोरीहरुलाई खोप लगाउने लक्ष्य बनाईएको शाखाले बताएको छ ।
किशोरीले एक पटक खोप लगाईसकेपछी अर्को पटक लगाउन पर्दैन । खोप लगाईसकेपछी सङै ३०-४९ वर्ष उमेर समुहका महिलाहरुलाई पाठेघरको मुख स्कृनिङ गर्ने किट मार्फत चेकजाँच गरि पाठेघरको मुखको क्यान्सर निर्मुल पार्न सरकार लागेको बताईएको छ ।
एकपटक पाठेघरको मुखको चेक जाँच गरेपछी ५ वर्ष सम्म गर्न नपर्ने, यो खोप गर्भवती किशोरी, एलर्जि हुनेले नलगाउदा राम्रो हुने र खोप तालिमप्राप्त स्वास्थ्यकर्मीमार्फत दिनको लागि तयारी गरिएको छ ।
मुसिकोट ३ मा जना १३७ जना लक्षित वर्गको किशोरीहरु रहेको र ४ वटा केन्द्रमार्फत खोप दिने तयारी गरिएको जसमा माघ २२ गते जनजागृति मा.वि., माघ २३ गते पेगा निमावि पेगा, र माघ २४ गते पृथ्वी मा.वि. मैदान र बडागाउँ ज्ञानकुन्ज बोर्डिङ स्कुल ठुलोपोखरामा गरिने बडागाउँ स्वास्थ्य चौकीका प्रमुख मनोज श्रेष्ठले बताउनु भयो ।
February 4 माघ २२ गते world cancer day को विशेष दिनबाट खोप देशव्यापी लगाईदैछ खोप सामान्य अन्य खोप लगाएजस्तै गरि लगाईने र सामान्य बाहेक अन्य असरहरु नहुने स्रोतले जानकारी दिएको छ ।