बुटवल: महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा
चर्चित लोक तथा दोहोरी गायिका सम्झना रणपालको मौलिक तिजगित “फर्की हेर नक्कले” बजारमा आएको छ ।
बढि दर्शक बटुल्ने बाहनामा हाम्रो संस्कृति भन्दा फरक छाडा गितहरुको प्रतिस्पर्धा भैरहेको बेला अर्घाखाँचीमा जन्मिएर बुटवलबाट गायन क्षेत्रमा अग्रसर लोक दोहोरी गायिका सम्झना रणपालले मौलिक र गाउँघरमा गायिने पुरानो भाका र शब्दलाई टपक्क टिपेर आफ्नो गित बनाएकी छ्न ।
सम्झना रणपाल युट्युव च्यानलबाट आज रिलिज गरिएको गित धेरैले मन पराउने अनुमान गरिएको छ । नाच्च पनि मिल्ने र सुन्न पनि मिल्ले प्रकृतिको गित भएकोले यो गित अहिलेको तिजमा धेरै चल्ने देखिन्छ ।
गाउँ घरमा मेला पाता गर्दा केटा र केटी बिच हुने नजानिदो प्रेम सम्बन्धलाई गितमा दर्शाएको छ ।
हाम्रा मौलिक कला संस्कृति हराउने अवस्थामा रहेकोले मौलिक गित बनाएर संकृति बचाउन पाउंदा कम चलेपनि मन आन्नन्द आउने भएकोले टिपिकल गित बनाएको कलाकार सम्झना रणपालले बताउनु भयो ।
सम्झना रणपाल , मोहित मुनाल र लक्ष्मी बस्नेतको स्वर, बिक्रमबाबु विश्वकर्माको लय, झबिन नेपालीको म्युजिक, एलिना रायमाझी, झबिन नेपालीको अभिनय रहेको गित डि.बि. प्रोडक्सनले बजारमा ल्याएको हो ।
गीत फरक बनेकोले @sanjhana ranapal youtube chanal मा गई हेरेर प्रतिक्रिया दिनुहुन दर्शकहरुलाई कलाकारले आग्रह गर्नु भएको छ ।

